चितवन। चितवनका ७ स्थानीय तहमध्य खैरहनी नगरपालिका सँस्थागत क्षमता मूल्यांकनमा प्रथम भएकाे भने राप्ती नगरपालिकाले भने स्वमूल्याङ्कन नतिजा नै निकालेकाे छैन ।

स्वमूल्याङ्गकन गर्दै खैरहनीले आफूलाई सँस्थागत क्षमतामा अव्वल सावित गर्दै ९८.५ प्रतिशत अँक दिएकाे छ भने रत्ननगरले ९८ प्रतिशत । यसैगरी कालिका नगरपालिकाले आफुलाई ९२.५ प्रतिशत दिएकाे छ भने मााडीले ७४.२५ र इच्छाकामना गाउँपालिकाले भने ८२ प्रतिशत अँक दिएकाे छ । भरतपुर महानगरपालिकाले भने आन्तरिक स्वमूल्याकँनमा ८७.२५ प्रतिशत नम्बर दिएकाे छ ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0