चितवन कोरिया पुनर्मिलन समाजको प्रथम अधिबेशन पाैष २१ मा हुने भएको छ। तदर्थ समितिको २०८० मंसिर ९ गते वसेको बैठक ले समाज को अधिवेशन पाैष २१ मा गर्ने निर्णय गरेको सचिव दुर्लव पाेखरेलले बताउनुभयो ।
बैठक ले षाैषको १५ गतेसम्म सदस्यता बिस्तार अभियान संचालन गर्ने र पाैष २१ गते रत्ननगर नगरपालिकाको इको पार्कमा पुनर्मिलन समाजको प्रथम अधिवेशन तथा साधारणसभा गर्न लागिएको समाजका अध्यक्ष डम्बर बहादुर रानाले जानकारी दिनुभयाे ।
विभिन्न सिलसिलामा दक्षिण कोरिया गई दक्षिण कोरियामा ‘ चितवन सम्पर्क समिति दक्षिण कोरिया’ नामक सामाजिक संस्था खोली कोरियामा अप्ठारोमा परेका नेपाली समुदायलाई सहयोग पुराउदै आफ्नो भुमी चितवनमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको चितवन सम्पर्क समिति को दक्षिण कोरियाको सामाजिक कार्यहरुलाई निरन्तरता दिनका साथै कोरियाबाट चितवन फर्केको समुदायलाई समाजमा अन्तरघुलन गराउदै, सहकार्य र सहयात्रा गर्ने उद्देश्यले चितवन कोरिया पुनर्मिलन समाजको गठन गरिएको कुरा समाजका उपाध्यक्ष दिल कुमार श्रेष्ठले बताउनुभयो ।
यस सामाजिक भावनामा जोडिन कोरियाबाट फर्कनुभएको सम्पुर्ण चितवनवासीमा समाजका अध्यक्ष डम्बर रानाले अनुरोध समेत गर्नु भएको छ ।