२०८०पुस ३, मँगलबार

श्रीखबर विश्लेषण / कृष्ण खनाल ,

चितवन। उमेरले ७१ वर्ष मात्रै कटेका छैनन् उनी शरीरमा पटकपटक थपिएका अर्काकाे किड्नी साथमै लिएर जिईरहेका छन् । लाग्छ उनी फेरिएको किड्नीका कारण नभएर अन्तर्निहित साहस , दिमागबाट निस्केकाे सकात्मक साेच , दृष्टिकोण र अध्ययनशील कर्मकै कै कारण उनकाे हालकाे दैनिकी चलेकाे हुनपर्दछ । उनी भित्रकाे उर्जा हेर्दा लाग्छ २५ वर्षे जिन्दगीको दाैडाईमा छन् उनी । उनै हुन् केपी शर्मा ओली । नेपालका राष्ट्रबादी नेताकाे रुपमा चर्चिने पूर्वप्रधानमन्त्री । नेकपा एमालेका अध्यक्ष । नेपालीको नक्सामा कालापानी , लिपुलेक थप्पन राष्ट्रिय सहमति गराएकाे जसप्राप्त प्रधानमन्त्री ।

उनैकाे कमान्डमा नेकपा एमाले देश दाैडाहाका लागि ‘झुलाघाट- चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा ‘ पूरा गरेकाे छ । मध्य लाेकमार्ग क्षेत्रमा रहेका समस्याहरुकाे खाेजी गर्दै स्थानीय नागरिकसँग साक्षत्कार गर्ने र त्यसैका आधारमा भावि याेजना तय गर्ने उद्देश्यका साथ एमालेले शुरुगरेकाे झुलाघाट देखिकाे जन अभियानले देशका मध्य भूमिका कैयन गाउँ र बेशी छिचाेलेकाे छ ।

Open photo

फगत मान्छेका भिडले बाटाे मात्रै काटेका छैनन् , कैयन नागरिककाे भिडमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले पार्टीका दृष्टिकोण प्रस्तुत गरेका छन् । मङ्सिर १८ गते बैतडीको झुलाघाटबाट शुरु गरिएको ” झुलाघाट – चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा ” पूर्वकाे चिवाभञ्ज्याङमा पुगि राष्ट्रिय झन्डा फराउदै सकिएकाे छ । जागरण अभियानकाे समापन सभामा अभियानले बाटाे मात्रै छिचाेलेन यात्राले राजनीतिप्रति निराश जनतामा आशा जगाउनुका साथै मध्यपहाडकाे विशेषता र यहाँ रहेका सम्भावना बुझ्ने अवसर मिलेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

Open photo

‘अभियानले सबै नेपालीलाई एकतामा बाध्नका लागि समेत प्रेरणा मिलेकाे भन्दै देश विकासको खाका बनाउने आधार तयार भएकाे र अवाञ्छित चिन्तन र विचार हताेत्साहित भएकाे ‘ निष्कर्ष निकालेकाे छ ।

यात्राले १७ दिन तयगर्दै मङ्सिर ३० गते पाँचथरकाे फिदिममा विशाल आमसभा सम्पन्न गर्नेक्रममा अध्यक्ष ओलीले वर्तमान गठवन्धन सरकारकाे अयोग्यताका कारण देश सङ्कटमा परेकाे बताउनुभएकाे थियाे । साेहि सभामा राप्रपाबाट गएकाे स्थानीय चुनावमा उपमेयरका उम्मेदवार जगत थापा मगर सहित सयाैँ कार्यकर्ता एमालेमा भित्रिएका थिए । साेहि अवसरमा फिदिम नगरपालिका -१ मा निर्माण गरिएको पुप्षलाल- मदन भण्डारी स्मृति परिषद बहुउद्देश्यीय सामुदायिक भवनकाे समेत पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको थियाे ।

Open photo

यात्रा काे दाैरानमा १६ अाैँ दिन २९ गते तेह्रथुमकाे म्याङ्लुङमा आयाेजित सभामा अध्यक्ष ओलीले ‘ सङ्कल्प यात्रा कसैका विरुद्ध नभएकाे र यात्रा जनताका समस्या बुझ्ने र तिनकाे समाधान खाेज्नका लागि गरिएको हाे ‘ भन्नुभएको थियाे । ‘ देशकाे रक्षा गर्न सक्ने , देशलाई अगाडि बढाउन सक्ने , देशमा समृद्धि ल्याउन सक्ने ,पूर्वाधार तयार गर्न सक्ने ,सुशासन दिन र एकताबद्ध भएर देश अगाडि बढाउनसक्ने काम पनि एमालेले मात्र गर्न सक्दछ’ – सम्वाेधनका क्रममा जनतालाई अध्यक्षले भन्नुभएकाे सहभागीले बताए ।

१५ दिनकाे सङ्कल्प यात्रा भने मङ्सिर २८ गते धनकुटा हुँदै तेह्रथुमको बसन्तपुर पुगेकाे थियाे । बसन्तपुरमा आयाेजित सभालाई सम्वाेधन गर्दै अध्यक्ष ओलीले ‘ गरिबी,अशिक्षा,अभाव, बेरोजगारी ,विपन्नता नै नेपाल र नेपालीको साझा शत्रु भएकाे र साेबाट नेपाल र नेपालीलाई कसरी छुटकारा दिनसक्छ भन्ने प्रष्ट दृष्टिकोण नेकपा एमालेसँग रहेकाे बताउनुभएकाे थियाे । साेहि सभामा बाेल्दै ओलीले एनसेल बिक्रीमा सरकारकाे सँलग्नता रहेकाे र सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारकाे स्वामित्वमा आउने एनसेललाई काैडीकाे भाउमा अर्काे कम्पनीमा नामसारी गर्नलगाएकाे समेत आराेप लगाएकाे सहभागीले बताए । ‘ सङ्कल्प यात्रा मिसन – २०८काे एउटा अङ्ग भएकाे भन्दै अध्यक्ष ओलीले २०८४काे सँसदीय निर्वाचनबाट एकल बहुमतकाे एमालेकाे सरकार बनाउनुपर्ने समेत बताउनुभएको थियाे ।

Open photo

१५अेाँ दिनकाे यात्रालाई अरुण नदि किनार लेगुवाघाटमा स्वागत गरिएको थियाे भने धनकुटामा अध्यक्ष ओलीले पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कृषि विज्ञ विद्यार्थी सँग विभिन्न विषयमा छलफल समेत गर्नभएकाे थियाे । साेहीदिन धनकुटामा हिले पार्ककाे समेत उद्घाटन गरिएको थियाे ।

जनताको समस्या बुझ्नकै लागि अभियान शुरु गरिएको बताउनुहुने ओलीले अभियान कै क्रममन मङ्सिर २७ गते मझुवागढी नगरपालिका – ८ मा रहेकाे पँखु लप्से खानेपानी आयाेजनाकाे उद्घाटन गर्नुभएको थियाे भने जेष्ट नागरिकसँग अन्तरक्रिया समेत सम्पन्न भएकेा आयाेजकले श्रीखबर अनलाइन सञ्चारलाई जानकारी दिए ।

२६ गते काेशी प्रदेश प्रवेश गरेकाे अभियानले ओखलढुंगाकाे हर्कपुरमा गरेकाे विशाल आमसभामा केपी ओलीले जनताकाे वीचमा फाटाे ल्याएर देश विकास गर्न नसकिने बताउनुभएको थियाे ।

२४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयाेजित मानव अधिकार एलायन्सकाे कार्यक्रम सम्वाेधन गर्दै अध्यक्ष ओलीले देश कुनै जात काे नहुने बताउनु भएकाे थियाे । ” ढुङ्गा हान्नु भन्दा बसेर छलफल गराैँ ” भन्दै ओलीले देशभक्तिपूर्ण बाटाेमा लाग्न सबैमा आग्रह समेत गर्नुभएकाे सहभागीले बताए । ‘ लिम्पियाधुरा , लिपुलेक ,कालापानीकाे प्रश्न उच्चस्तरीय सँवादमा किन उठ्दैन भन्दै मङ्सिर २३ गते गाेरखामा आयाेजित अन्तरकृया कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने ‘ याे देशप्रतिकाे बेइमानी हाे । ”

साे अवसरमा ओलीले ‘ गाेरखकाली रबर उद्योग बचाउनुपर्छ’ भनेकाे स्थानीय बताउँछन् । गाेरखामा पूर्वप्रधानमन्त्री ओलीलाई गाेरखाका राजनीतिक दलहरुकाे तर्फबाट सर्वदलीय मागपत्र समेत हस्तान्तरण गरिएकाे थियाे । अभियान काे क्रममा लम्जुङ,पाेखरा,पर्वतकाे कुश्मामा जनसभा गर्दै २० गते गुल्मीकाे मुसीकाेटमा जनसभा सम्पन्न गरेकाे थियाे । अभियानकै क्रममा अध्यक्ष ओलीले रुकुम पस्चिमका प्र जि अधिकारीसँग राहतकाे विषयमा छलफल चलेकाे थियाे ।

भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि नेकपा एमालेले मङ्सिर १ गते देखि ११ सय स्वयंसेवक परिचालन गरेकाे एमालेले जनाएको छ । एमालेले दैलेख,डडेलधुरा ,मुगु लगाएतका जिल्लाहुदै कैयौं स्थानमा जनसभा तथा छलफल सम्पन्न गरेकाे थियाे । ‘ देशका यतिका भूभाग हिडियाे तर हाम्राे अध्यक्षकाे बाेली , हिडाई , खटाई र तार्किक भाषण कहिँपनि र कत्तिपनि कम्जोर नभएकाे र अध्यक्ष ज्यूकाे जाेश २५ वर्षे युवकको जस्ताे देखिँदा अचम्म लाग्छ ” – अभियानमा सहभागी एक व्यक्तिले श्रीखवर सञ्चार सँग भने ।

Open photo

समग्रमा, नेकपा एमालेकाे’ सङ्कल्प यात्रा’काे विश्लेषण गर्दा एमाले २०८४ मा हुने आम निर्वाचनका लागि आफ्ना तर्फबाट प्रस्तुत हुने एजेन्डाकाे खाेजीमा छ । मदन भण्डारीले भन्नुभए जस्तै बहुदलीय प्रतिस्पर्धामा जानुभन्दा पहिले जनताकाे भावना बुझ्नु र जनभावनामा आफ्ना दृष्टिकोण मिसाउदै जनवादी दृष्टिकोण लाई जनताकाे मत द्वारा अनुमाेदित भै राज्यसत्तामा पुग्नु नै आजकाे कम्युनिस्टहरुले लिने बहुदलीय जनवादी यात्राकाे तात्कालिन बाटाे हुनेछ ” भन्ने रणनैतिक कार्ययाेजना भित्र पर्नेगरि आफ्ना अभियान सञ्चालन गर्ने याेजना भित्र रहेकाे देखिन्छ ।

एउटा जिवन्त पार्टीले आफ्नाे विचार जनतामा ल‌ैजाने र जनतासँग नजिककाे सम्बन्ध कायम गर्ने अवसरकाे खाेजी गर्नुलाई सकरात्म रुपमा लिनुपर्ने हुन्छ । पार्टीले जिवन्तता पाईराख्न कार्यकर्ताकाे जति महत्त्व रहन्छ त्याे भन्दा बढि सहयाेगी , सुभचिन्तक जनताकाे साथ र समर्थन आवस्यक पर्नेहुन्छ ।नेकपा एमालेले सम्पन्न गरेकाे याे अभियानकाे शुरुआती अपेक्षा र उद्देश्य यिनै सेरोफेरोमा रहेकाे हुनुपर्छ ।

अत्यमा एमालेले जनतासम्म पुग्ने महत्त्वपूर्ण अाैजारकाे रुपमा याे अभियानले सफल गन्तव्य तय गरेकाे हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0