Open photo

२०८० कार्तिक २३, विहिबार

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ४६ अैाँ प्राज्ञसभालाई आज सम्बाेधन गर्दै प्रविधिलाई विकाससँग जाेड्दै सम्वृद्धि खाेज्नुपर्नेमा जाेडदिएका छन् ।

Open photo

प्रधानमन्त्री दाहालले आजकाे युग विज्ञान, प्रविधि र नवप्रवर्तनकाे युग भएकाले देशलाई समुन्नत बनाउन प्रविधिलाई उत्पादनसँग जाेड्दै प्रयासहरुलाई केन्द्रीकृत गर्नुपर्ने बताए । ‘ नाष्टले स्थापनाकाे ४० बर्ष पारगरिसकेकाे अवस्थामा यसले देश र जनताका लागि पारेकाे सकरात्मक प्रभाव , विज्ञान र वैज्ञानिकीकरणमा खेलेकाे भुमिकाकाे मुल्यांकन गर्दै आगामी दिनमा  कसरी र के मा थप याेगदान पुर्याउन जरुरी छ साेकाे पहिचान र कार्यान्वयन आजकाे आवस्यकता र अपरिहार्यता हाे  भन्दै  आफू  विज्ञानकाे विद्यार्थी भएकाेले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक , प्रविधिकज्ञ र प्रविधिले पुर्याएकाे याेगदानका वारेमा अनविज्ञ नरहेकाे भन्दै  नवप्रवर्तनलाई प्राथमिकता मा राख्दै अनुसन्धानमा कृयाशील रहनसमेत आग्रह गरे ।

‘ नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेकाे बताउँदै प्रधानमन्त्री दाहालले नेपाल सरकारले नाष्टमार्फत नानाे स्याटेलाईट प्रक्षेपण गरेकाे र भारतीय अन्तरिक्ष अनुसन्धान सँस्था ( इस्रा) काे सहकार्यमा मुनाल स्याटलाईट प्रक्षेपण गर्ने तयारी भैरहेकाे प्रति खुशी समेत व्यक्त गरेका थिए ।

सम्वाेधनकाे क्रममा नास्टका कुलपति तथा प्रधानमन्त्री दाहालले वैज्ञानिकहरुलाई देशकाे आवस्यकतालाई समेट्ने खालका परियाेजना प्रस्ताव गर्नसमेत आव्हान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0