Open photo

२०८० कार्तिक २३, बिहीबार ।

चितवन । चितवन स्थित भरतपुर महानगरपालिका र चीनकाे सिगात्से सहर बीच भगिनी सम्बन्ध कायम भएकाे छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र सिगात्से सहर चीनका प्रमुख वाङ फाङबीच बिहीबार सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज बिहिवार समझदारी पत्रमा हस्ताक्षर भै सम्वन्धले उचाइ लिएकाे हाे ।

समझदारपत्रमा दुई सहर बीच सम्बन्ध , सम्मान र आपसी विश्वास का साथै पारस्परिक लाभकाे सिद्धान्तका आधारमा सहयाेग आदानप्रदान हुने उल्लेख छ ।

हस्ताक्षर पछि कार्यक्रमलाई सम्बाेधन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सिगात्से सहरसँग भगिनी सम्बन्ध राख्नपाएकाेमा खुशी व्यक्तगर्दै यसबाट दुई देश र दुई सहर बीच सम्बन्ध र बिकासमा प्रगाढता ल्याउने विश्वास व्यक्त गर्नुभयाे । सम्बन्ध पाँच बर्षका लागि मान्यहुने र समय पुगेपछि दुबैपक्षले असहमति नजनाएमा स्वत : मान्यहुने समेत जनाईएकाे छ ।

कार्यक्रममा सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनाेदप्रकाश सिँह, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी , प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र कुमार राना ,प्रेस विज्ञ सुरेशचन्द्र अधिकारी समेतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0