सुर्खेत । गए राति शुक्रबार ११:४७ बाट पटकपटक गरि ४ पटक गएकाे भूकम्पबाट भएकाे क्षेतीकाे अवलोकन  गर्न पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर नै घाइतेको उद्धार गर्ने कार्यमा प्रयाेग गरिएको छ।

१६ जनाकाे प्राविधिक टिम तथा आवश्यक सामाग्री समेत अवलोकनका लागि जानुभएको प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम र जाजरकोटकाे प्रभावित क्षेत्रकाे निरिक्षण पश्चात् जाजरकोटकाे नलगाडबाट ७ जना घाइते र  वहाँहरुका कुरुवा ७ जनालाई लिएर उपचारका लागि सुर्खेत आउनुभएकाे हाे।

प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापन काे कार्य भैरहेकाे छ भने सुख्खा पहिराेका कारण उद्धारका कठिनाई भैरहेकाे हाम्रा प्रतिनिधिले जनाएका छन् ।

घटनामा परि मृत्यु भएका मध्य केहिकाे सव पहिचान हुन भने बाँकी रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0