२०८०असाेज २ ,मँगलबार
Open photo
          कृष्ण खनाल
विकसित भनिएकाे आजकाे समाजको सम्बन्ध भने हजारौं बर्ष पुरानाे छ । पृथ्वीकाे उत्पत्ति हुनुभन्दा पनि पहिले सँसारकाे अस्थित्व थियाे । सँसार भनेकाे प्रकृति हाे । त्यहि प्रकृति भित्र ब्राह्मण्ड थियाे र ब्राह्मण्डकाअवयब भित्र तिव्र हलचल हुँदा एउटा पिण्डले सुर्यसँग ठाेक्किई बनेकाे सुर्याँश नै कालान्तरमा प्राणी सहितकाे जीवन र जगतकाे थलाेकाे रुपमा पृथ्वीकाे निर्माण भयाे र अर्काे प्रकृतिको उदय भयाे । याे तर्क र खाेजलाई वैज्ञानिक तर्क मानिदै आइरहेको छ ।
पृथ्वी र तारा ठाेक्किनु अगाडि पनि प्रकृति थियाे भन्ने याे जवर्जस्त प्रमाण हाे । किनकि सुर्य र तारा जस्ताे देखिने पिण्ड ठाेक्किनु भन्दा अगाडि नै प्रकृति अर्थात व्रम्हाण्ड मा ती वस्तुकाे उपस्थिति भएकै कारणले ठाेक्किन सम्भव भएकाे हाे ।
त्याे भन्दा अघिकाे प्रकृति कसरी सँचालित र निर्देशित थियाे – याे भने कल्पनाकाे प्रक्षपण मात्र हाे ।  यहि विन्दुसम्म आईपुग्दा समाजले दुईवटा बाटाे देख्न थाल्दछ ।
एउटा बाटाे हाे – सु्र्य र लामपुछ्रे तारा ठाेकिनु भन्दा अघि पनि प्रकृति थियाे र त्याे प्रकृतिकाे सन्चालक प्रकृतिको श्रृष्टिकर्ता भगवानले सन्चालन गरेका थिए र छन् ।
अर्काे तर्क हाे – याे प्रकृति समयकाे उपज हाे । समयकाे गतिसँगै पदार्थमा आएकाे घटनाक्रमबाट सृजित उपज नै माैजुदा ब्रह्माण्ड हाे। पृथ्वी त्यसकाे उपज हाे । यिनै तर्क भित्र रहेर मानवीय चेत र चेतनाले आफू र समाजमा पारेकाे प्रभाव नै माैजुदा जात , धर्म , सँस्कार, सँस्कृति का साथै विचार र आदर्शकाे बखान हाे ।
                धर्मकाे जग आस्था र विश्वास हाे ।
———————————————-
आस्था र विश्वास धरमराउन थालेपछि धर्मकाे जग पनि  धर्मराउँछ । किनकि धर्मको जग नै आस्था र विश्वास हाे ।
समय सबैभन्दा बलवान् शाश्वत हाे । हरेक विषयले समय र अवस्था अनुसार आकार  ग्रहणमा क्षमता राख्दछ । हाम्रा धर्म सँस्कृति र परम्परा समेत समय , चेत र आवस्यकताका आधारमा समाज सामु छरपस्टिएका छन् । \
समय र समाजिक चेतले निर्देशित  नगरेकाे पर्व तीज
—————————————————
२०८०काे तीज पर्व विसर्जनकाे सँघारमा छ । तीज न हिजाे काे जस्ताे रह्ये न भाेली काे तीज यहि पाराले हुनेवाला छ । हुने छ त केवल तीज पर्व । पर्व समाज र सभ्यताको निरन्तरता हाे ।
आज ऋषि पञ्चमी । महिलाहरु अझ याैवन चरणकाे महिलाहरुलाई लक्षित गरेर कल्पना याेग्य पर्व । आज पाप पखाल्न महिलाहरुले दतिवन चपाउदै शरीरका अँगप्रत्यङ्ग पखाल्दै जलाशयमा गएर नुहाउने र सप्तऋषिकाे पूजा गरि चाेखिने पर्व ।
पाप शब्द नेपाली आगन्तुक शब्द नभएर माैलिक र परम्परावादी शब्द हाे । पापलाई शास्त्रमा फाेहाेर, राेग , दुर्गन्ध भनी वर्णन गरिएको छ । पापलाई दु: ख पनि भनिएकाे छ ।
तीज पर्वमा पञ्चमी व्रत र दतुउनादी प्रयाेग गरि स्नानकर्मले राेग, दुर्गन्ध, दु: ख वा खराव कर्मलाई पखालेर शुद्ध तन र मन हुन्छ भन्ने चेतकाे विकाशलाई आध्यात्मिक चरबाट भाैतिकवादी विश्लेषण हुनसके पाप पखालिने , शुद्धहुने भन्ने जन विश्वासमा सकरात्मक चेतकाे विकास हुनेछ ।
केवल किम्वदन्ती र कथासँग तीजकाे सारलाई जाेड्नुभन्दा समाज र सभ्यताको विकासक्रम सँग जाेड्नसके तीज पर्वकाे महत्व कालजयी हुनेछ।
तीज पर्व एउटी महिलाका लागि आफू प्रजनन याेग्यभएकाे खबर सामाजिक मा प्रेषण गर्ने देखि आफू मासिक निवृत्त भएकाे जानकारी गराउने माध्यम थियाे कुनै युगमा भने सरसफाइ गरि राेग पखाल्ने अवसर पनि ।
आजकाे विकसित चिकित्सा विज्ञानले पनि राेग निकाेपार्न ” स्वेदनँ, मर्दनँ चैव, पतनँ उत्थने वाेध: ” लाई पञ्चकर्म काे नामदिएकाे छ । ठिक यहिकर्म हुन्छ तीज पर्वमा । स्नानादी कर्म, निराहार व्रत । अझ पतिपत्नी विचकाे मायाँ र सद्भावलाई आयु र आराेग्यसँग जाेडेर सम्बन्धकाे कसिलाे डाेरी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0