२०८०भाद्र २६, मँगलबार

चितवन। खैरहनीमा आज स्वस्थ मन्त्री माेहन बहादुर बस्नेतले ब्युटिफुट राष्ट्रिय जागरणकाे उद्घाटन गरेका छन् । सँसार भर बढ्दाे आत्महत्यामा भएकाे गति हेर्दा भयावह हुदैगैरहेकाे अध्ययनले देखाईरहदा यस्ता गतिविधिमा कमि ल्याउन सहयाेग पुग्नेगरि याे अभियान सँचालन गरिएकाे बताईएकाे छ ।

Open photo

आधारभूत आवस्यकता राज्यले पूरागर्न सके आत्महत्याका धेरै घटनामा कमी आउने बताउँदै अभियानकाे उद्घाटनकाे क्रममा मन्त्री बस्नेतले भने धन नभएकै कारणले मात्रै नभएर धनीहरुले समेत किन आत्माहत्या राेज्दैछन् याे अनुसन्धान काे विषय रहेकाे बताएका छन्।

कार्यक्रमकाे सँयाेजन गर्नुभएका अभियानकर्मी डाक्टर गिरिराज भन्तनाले अभियानकाे बारेमा प्रकाश पारेका थिए भनेबागमती प्रदेशका स्वास्थ मन्त्री उत्तम जाेशी सहित कार्यक्रममा अभियानमा जाेडिएका हास्यकलाकार मनाेज गजुरेल,खैरहनी नगरपालिका प्रमुख शशी बानिया,प्रा. डा. सराेजप्रसाद ओझा,कृष्णलाल सापकोटा ,प्रेम रिमाल ले मन्तव्य राखेका थिए भने अभियान सभामा मनाेचिकित्सक डा. शैलेन्द्रराज अधि,डा. शुदर्शन नरसिंह प्रधान,शेषनाथ अधिकारी तथा मिराेज गजुरेलले बदलिदाे समाजमा व्यक्तिको सामाजिक र मनाेवैज्ञानिक उद्वेगमा समेत बदलावल आईरहेकाे अवस्थामा व्यक्तलाई कसरी सँरक्षण गर्ने भन्ने विषयमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0