२०८० भाद्र २६, मँगलबार

काठमाडौं । एउटा गर्वीलाे वर्तमान अब बिस्तारै – बिस्तारै इतिहास बन्ने चरणमा प्रवेश गर्दैछ । स्वर्गीय सुवास नेम्वाङ नेपाली राजनीतिकाे इतिहासमा देशले जुनसुकै काेणबाट पनि बिर्सन नपाउने कालजयी नाम हाे ।

२०२८ सालबाट नै नेपाली राजनीतिलाई जनताकाे नेतृत्व हेर्न र जनताले नै देश चलाएकाे हेर्न चाहने नेता सुवास नेपाली इतिहासमा चार पटकसम्म सभामुख हुँदा सर्वसम्मत  हुनुहुने व्यक्तित्व हुनुहुन्थ्यो ।

रातिकाे एक बजे आफ्नै घरकाे शाैचालयमा अचेत अवस्थामा भेटिएका उन काे त्रिवि शिक्षण अस्पताल नपुग्दै भाैतिक शरीरले विश्राम लिएकाे थियाे । संविधान निर्माण गरि घाेषणा गराउने तहसम्मको उनकाे याेगदान नै नेपाल र नेपालीलाई दिएकाे जिन्दगीकाे अनुपम याेगदान हाे ।

अब उनलाई प्रकृयागत रुपमा ईतिहास बनाईदै लैजाने त छदैछ समयले । उनलाई सम्झने धेरै नेताहरुले आआफ्नै गतिमा स्मरण गरिरहेका छन् ।

” हाम्राे मीयाे ढल्याे ” भन्दै एमालेका सचेतक महेश बर्ताैलाले स्वर्गीय नेम्वाङकाे स्मरण गर्नुभएको छ भने ” मेरा साथी सुवास नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली भन्नुभएको छ एमाले अध्यक्ष केपि शर्मा ओलीले । आफुले नै २०२७ सालमा कम्युनिस्ट आन्दोलनमा लाग्न भनेकाे स्मरण गर्दै ८ कक्षा देखि स्नातकसम्मका सहपाठी साथीलाई सम्झदै झलनाथ खनाल भन्नुहुन्छ ” सुवास एमालेकाे नेता मात्रै नभएर आफ्नाे मीत्र र दुःख शुखकाे साथी समेत रहेकाे र पार्टी अलग हुनुपर्दाकाे पीडा साट्ने साथी गुमाएकाे बताउनुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ” संविधान सभामा खेलेकाे भूमिका अतुलनीय भएकाले झन् बढि नेपाली जनताले स्वर्गीय नेम्वाङ लाई सम्झिरहने बताउनुभयो भने एक अनुभवी सिद्दहस्त राजनीतिज्ञ गुमाएको भन्दैसभामुख देवराज घिमिरेले स्वर्गीय नेता प्रति शाेक सन्देश जारी गर्नुभएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङकाे निधनले नेपाली राजनीतिमा ठूलाे क्षति भएकाे बताउनु भएकाे छ । ” नेपालकाे लाेकतान्त्रिक परिवर्तनलाई सँविधानमा सँस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई सम्झिरहने गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।
सुवास नेम्वाङकाे निधनकाे खबरले स्तब्ध भएकाे शेरबहादुर देउवाले बताउनुभयो । रास्ट्रपति रामचन्द्र पाैडेलले नेम्वाङकाे अप्रत्याशित निधनकाे खवरले मर्माहत बनाएकाे विज्ञप्ति मार्फत बताउदै श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।
पार्टीको धुरी खाबाेकाे रुपमा रहनुभएका एमालेका उपाध्यक्ष सुवास नेम्वाङकाे अप्रत्याशित निधनले एमालेमा गहिराे चिन्ता बढाएकाे त छदैछ सिङ्गो देशले भरमानेकाे नेता समेत गुमाएको छ । स्वर्गीय नेम्वाङकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि आज र भाेली दिनभर पार्टी कार्यलयमा राखिने एमाले केन्द्रीय कार्यालयमा राखिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0