२०८०भाद्र १२, मँगलबार

चितवन। यहि भाद्र १४ गते नारायणगढ स्थित नारायणी कला मन्दिरमा ”एक चिहान” काे प्रिमियर शाे हुने भएकाे छ ।

हृदयचन्द्र प्रधानकाे कृति “एक चिहान” लाई नाटकीय प्रस्तुति गरिने नाटकका निर्देशक नकुल पाैडेलले बताउनुभयो । विद्यालयकाे पाठ्यक्रममा समेत रहेकाे साे कृतिकाे चितवन १६ जना कलाकारहरुले कला मन्दिरकाे प्रक्षालयमा नाटकीय प्रस्तुति रहने निर्देशक पाैडेलले बताउनुभयो

। १४ गते प्रिमियर शाे भएपनि व्यवसायीक प्रस्तुति भने १५ गतेबाट हुने छ । टिकटमा आधारित साे नाटक हेर्न चितवन र नवलपुरका गरि कुल १० हजार दर्शक आउने अपेक्षा रहेकाे पनि निर्देशक पाैडेलले बताउनुभयो ।

नाटकमा असाधै जिवन्त प्रस्तुति रहेकाले पनि स्कुल कलेजका विद्यार्थीहरुकाे उल्लेख्य उपस्थिति रहने अपेक्षा आयाेजकले गरेकाे । नाटक नारायणी कला मन्दिरकाे सहयाेगमा चितवनमा कलाकारहरुकाे महत्त्वपूर्ण प्रस्तुति रहने विश्वास आयाेजककाे रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0