२०८०भाद्र १२, मँगलबार

२०७५ सालमा पहिलाे पटक २८ किलाेकाे अजिङ्गरलाई च्याप्प समातेर रमाकान्त खरेलकाे घरभित्रबाट बाहिर निकाले पछि सर्पबाट मान्छे जाेगाउने र मान्छेबाट सर्प जाेगाउने काममा लाग्नुभएका यमलाल भण्डारीले हालसम्म २ हजार भन्दा बढिसर्पलाई उद्धार गरी सर्पलाई मानिसबाट र मानिसलाई सर्पबाट बचाईसक्नु भएकाे छ।

बडेमाकाे गाेवन देखि कैयन विषालु सर्पलाई डाेरी समातेसरी च्यापच्यापी समातेर दुनियाँलाई प्रत्यक्ष र सञ्जाल मार्फत चकित पार्नुहुने कँडेलकाे अन्तरङ्ग जीवन कहानी भने कहिले सर्पसरी घुम्रिएकाे छ । कहिले लमतन्न र निस्पट्ट । कहिलेकाहीँ नदेख्नेले भनेजस्तै उहाँ दुनियाँका लागि नागमणी पनि ।

दुनियाँका आ-आफनै व्यथा भित्रका कथा भएजस्तै भण्डारी जी का बाल्यकाल देखि नै कथा जति छन् व्यथा झन् डवल ।  सर्प समात्ने भण्डारीका जिवनचक्रले मारेका फड्को भित्रका कथा भित्र रहेर भूमण्डल नेटवर्क प्रा.लि. द्वारा सम्पादित तथा प्रसारित श्रीखबर अनलाइन सञ्चारका लागि सम्पादक पत्रकार कृष्ण खनालसँगकाेअन्तरँग कुराकानीकाे सम्पादित अंश :

( पत्रकार कृष्ण खनाल र सर्प उद्धारकर्मी यमलाल भण्डारी बिचकाे अन्तरँग बार्ता : तस्बिर श्रीखबर अनलाइन सञ्चार )

 

*  यमलाल सर नमस्कार , च्यापच्यापी सर्प समातेको देखेकाे सञ्जालमा । हैन यस्ताे खतरा काम गर्न कसरी आँट आयाे ?

# नमस्कार, शुुुरु शुरुमा त लहैलहैमा हाैसिएर‌ै लागियाे ।  २०७५ साल तिर हाे रमाकान्त खरेलकाे घरमा सर्प पसेकाे छ भने हल्ला थाहा पाएँ । दाैडेर पुगेँ। सबैले ल ल यमलालले समात्छ सर्प भने । मलाई पनि त्यसै जाेश चड्याे, लहैलहैमा  सर्प समातेँ, समात्दै गाकाे त त्याे त बडेमाकाे अजिङ्गर पाे रहेछ । २८ किलाे काे । सवैले वा वा भण्डारी भने । अजिङ्गरकाे माला लगाएँ । विस्तारै गाउँलेले पनि सर्प समात्ने मान्छे भन्नथाले । आफुमा पनि जाेश बढन थाल्याे । यताउताबाट फाेन आउन थाल्याे । शुरुशुरुमा लहैलहैमा मात्न थालियाे , बिना ज्ञान बिना टेक्निक । तर पछि विस्तारै कुराहरु बुझ्न थालेँ , सर्पहरु पैचान गर्न थालेँ । युटुव गुगलहरु हेर्न थाले पछि बिस्तारै धेरै कुरा थाहा भयाे ।

* सर्प समात्ने काम चाहिँ किन गर्नुभएकाे , आफैँ मरिन्न र भन्या ?

# याे धेरै नै खतरा काम हाे । खतरै काम गराैँ , अरुले भन्दा फरक काम गराैँ भन्ने लाग्याे । याे काम त धेरै खतरा । कतिखेर के हुन्छ पत्तै छैन । तर मैले धेरै मान्छेबाट सर्प बचाएकाे छु र धेरै सर्पबाट मान्छे बचाउने कर्म गरेकाे छु , यसैमा खुशी छु ।

* अहिलेसम्म कति जति सर्पकाे उद्दार गरिसक्नु भाे अनि उद्दार गरिएका सर्पलाई के गर्नुहुन्छ त ?
# मैले हालसम्म २ हजार जति सर्पकाे उद्दार गरिसकेँ  । आजभोलि त दैनिक ५०-६० फाेन आउँछ लाैन घरमा सर्प पस्याे भन्दै । समातेका काेहि सुरक्षित ठाउँमा छाेड्न मिल्नेखालका हुन्छन् भने काेहि सुरक्षाकर्मी सँस्थामा जिम्मा लगाउनुपर्ने हुन्छ , त्यसै गर्छु।
* अनि यस्ताे खतरा काम गरिदिए बापत कति रकम लिनुहुन्छ त ?
# मैले आजसम्म सर्प उद्दार गरेवापत कसैसँग एक रुपैयाँ पनि मागेकाे छैन । मैले आफुलाई चाहिने शुरक्षाका सामान पनि विदेशमा रहनुभएका शुभ चिन्तक , साथीहरूले पठाएको सामानबाट काम गर्ने गरेकाे छु । बाईचiन्स कसैले रकम दिईहाल्नुभयाे भने बेलचाेक स्थित रहेक अनाथ आश्रम लगेर दिने गरेकाे छु ।
कहिलेकाहीँ विदेशमा रहनुभएका सज्जनहरुले आश्रममा सहयाेग गरिदिनु भनेर पठाउनुभएकाे सहयाेग पनि मै मार्फत आश्रममा बुझाएको छु ।
करिव दुई सय महानुभावले सञ्जाल मार्फत चिनेकै भरमा मलाई सर्प उद्दारका सामान र आश्रमलाई सामान  सहयोग गरिरहनु भएको छ।
  * अलिकति सर्पसँग सम्बन्धित कुरा नै राखाैँ , सर्प उद्दार गर्ने विधि प्रकृया कहाँबाट सिक्नु भाे कि आफैँ नै सबै हाे ?
# शुरु शुरुमा त हाैसिएरै हाे । तर सानै देखि अरुकाे अप्ठ्यारोमा सहयोग गर्ने बानी थियाे मेराे । गाउँमा पनि केहिपर्याे भने ” काेलापाटे माईलाे” लाई बाेलाओ भन्थे मलाई ।
शुरुमा त शुर्याई गरेँ तर बिस्तारै जान्नेहरुसँग सिकेँ । सर्पसँग कति समय खेलेपछि समाउनु पर्छ सिकेँ । सर्पका विशेषज्ञहरू डा देव पाण्डे ,डाक्टर सुनिल सापकोटासँग सर्प सम्बन्धि थप सिकेँ । कुन सर्प विषालु हुन्छ , कुन सर्पलाई कसरी उद्दार गर्ने भन्ने ज्ञान पाएँ । अव त सुरक्षाका सामाग्री पनि छन् , ठिक छ । सर्पबाट केही भएपनि मानिसलाई जाेगाउन सकेँ , मानिसबाट केही सर्प बचाएँ यसैमा खुशी छु ।
* सर्प बचाएँ भन्नुहुन्छ , साच्चै याे सर्पचाई किन बचाउन पर्ने हाे र ?
# सर्प प्रकृतिको उपहार हाे । यसले अकारण कसैलाई हानि गर्दैन । आहार त खान्छ नै । तर जब उसले खतरा महसुुस गर्छ अनिमात्र प्रतिकार गर्ने हाे ।  बिष त उसकाे माथिल्लो दाँतकाे जरा पट्टी हुन्छ । दाँत भित्रकाे प्वालबाट मानिसमा बिष फाल्छ ।
हेर्नुस् सर्प कै विषबाट सर्पले टाेकेकाे उपचार गर्ने हाे । यदि सर्प नहुने हाे भने वातावरणकाे बिष  कसले हटाईदिने ? सर्पले बाताबरणको विष अवशाेषण गर्दछ । उसलाई अनावश्यक दु:खा नदिआैँ आफ्नाे बाटाे जान्छ ।
*सर्प समात्दा का केही क्षेणकाे स्मरण सुनाउँनुस् न
# कति छ कति । राति दिउँसो जहिले पनि , जहाँ पनि । माेटर साईकलमा तेल हाल्याे कुदिहाल्याे । पहिलाे सर्प नै २८ किलाेकाे अजिङ्गर समातेछु । आजसम्म ६ पटक मलाई सर्पले टाेकेकाे छ । दैव सन्जाेक विष नभएको सर्प परेछ । सर्प निकाल्दा कतिकाे त घरकाे गाह्राे नै भत्काउन परेकाे छ ।
# अलिकति व्यक्तिगत जिन्दगीको स्मरण गराईदिनुन्न ।
* मेरा जिन्दगीका पलहरुकाे एक्कासी स्मरण थराईदिनु भाे , धन्यवाद छ ।
मलाई ८ बर्षकाे उमेर मै वुवालाई दागबत्ती दिन लेखेको रहेछ , काजकिरिया आफैले गरेँ ।
९ वर्पकाे उमेर पुग्दानपुग्दै ईण्डिया पुगेँ । दु: ख  भनाै कि खै के । भाँडा माझेँ , दरवान भए , खलासी भएँ । दुनियाँका के के बने बनेँ । उमेर बढ्दै गएपछि गाडी चलाउन सिकेँ । कहिले गाडी चलाउदै कहिले खलासी बन्दै भारतका ठुला शहर देखि गल्लि गल्लि घुम्ने माैका मिल्याे । तर जहाँ गएपनि आफ्नै घर गाउँकाे यादले सताईरहने । केही बर्ष पछि नेपाल फर्किएँ । चितवन आएर धेरैलाई भनेँ मसँग गाडी चलाउने सीप छ भन्दा कसैले पत्याएनन् । अनेक गरेपछि गाडी चलाउन पाएँ । ,,,,लाई सम्झेकाे छु । वहाँ हरुले लगाउनुभएकाे गुन त तिर्न नसके पनि मनै देखि धन्यवाद भनेकाे छु, आभारी छु ।
* पारिवारिक परिस्थिति नी ?
# सानैमा दु: ख पाएकाे मान्छे , अब मैले ती दुःखका क्षणलाई पनि अवसर सम्झन थालेकाे छु । अलिकति साँगाेपागाे मिलेपछि विवाह गरेँ । नानीहरू जन्मिए । तर मेरा कर्म हाे या भाग्य श्रीमतीलाई धेरै उपचार गर्दापनि बचाउन सकिन । लामाे कथा लेखेकाे खाेस्टाे सिरानीमा छाेडेर झुन्डिएर उनी गइन , दुईवटा नानीहरू नासाे छाेडेर । अहिले ठुली छाेरी विदेश छिन् । सर्प सम्बन्धि धेरै सीप र ज्ञान सिकाउछिन्। फेरि घरचलाउने बहान नै भनाै नानीहरू केा ममी पनि छिन् । अहिले त  एउटा पेशामा अलिकति लगानी गरेकाे छु। दुई छाक टर्ने मेसाे छ । भगवान साथमै हुनुहुन्छ , जता आदेश हुन्छ उतै हाजिर मा छ याे जुनी ।
* अनि आश्रम मा धेरै जसाे देखिनु हुन्छ किन हाे नी ?
Open photo
# याे अनाथ आश्रम हाे । अनाथका पनि नाथ हुनेहुनाले यहाँ बस्नुहुने सबै अनाथहरुका सँसारभर नाथ हुनुहुन्छ । म वहाँहरुकाे सेवाका लागि याे आश्रममा आईरहन्छु ।
कहिलेकाही विदेशमा रहनुहुने नाथहरुले पठाउनुभएकाे सहयाेग लिएर पनि याे आश्रम मा आईरहन्छु ।
No description available.
* अनि आश्रम कसरी चलेकाे छ त ?
# दाताहरुकाे सहयाेगले । तर म त भन्छु यस्ता आश्रम खुल्न नै नपराेस् । आफ्ना परिवारका सदस्यलाई वा आफ्ना आफन्तलाई आफैँले सहयाेग गरून् भन्ने हामी चाहन्छाैँ तर दुर्भाग्य आफ्नै परिवारबाट हेलाँ हुनुपर्ने र आश्रमकाे सहारा लिनुपर्ने अवस्था ।
No description available.
* भण्डारी जी तपाईं त पव्लिक फिगर, हजारौंले तपाईंलाई फलाे गर्छन् , तपाईंले गरेका सकरात्मक कुराकाे सेयर गर्छन् । अरु सामाजिक कार्य र कर्म मा पनि सम्लग्नता नि  ?
# हाे म गायक र कलाकार पनि हूँ । मेराे घर चलाउने थप आधार पनि यहि हाे । सनातन धर्ममा आस्था छ , यसमा पनि सक्रियता छ भनाैँ ।
दुई छाक खान कै लागि ठिकै छ । मरेर जाँदा साथमा भाैतिक सम्पत्ति जादैन भन्नेमा विश्वास । सबैका मालिक भगवान छन् भन्ने सम्झेकाे छु ।
* अतिकति प्रशँग सचेतना तिर पनि कुरा गराैँ न । राष्ट्र र राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुभएकाे छ ?
# साेध्दा सामान्य तर बढाे गरुँगो प्रश्न प्रवेश गराउनुभयाे । धन्यवाद ।
नेपालमा उत्पादन बढाउन यहाँका सरकार र पार्टीको ध्यान छैन । जतिसुकै गफ लगाए पनि उत्पादन नबढि हुँदैन । नेपालमा कि कृषि , कि जडिबुटी , कि पानीबाट विजुली उत्पादन हुने हाे तर कसैले गफ भन्दा केही नगरेकाे दुनियाँलाई प्रष्टै छ ।
दुःखकाे कुरा सारा नेपाली युवाहरु विदेशीने भए । युवा पनि जानी भए पैसा पनि लानी भए । याे सबै विषय देश चलाउने जिम्मा लिएकालाई थाहा छ तर यिनले आफुलाई बाहेक राष्ट्रलाई केही गरेनन् जस्ताे लाग्छ ।
* अब सारमा फेरि फर्काैँ , अब कहिलेसम्म सर्पबाट मान्छे बचाउने र मान्छेबाट सर्प बचाउने कर्ममा लाग्ने विचार छ त ?
# ज्यानले सकेसम्म र भ्याए सम्म सहयाेग गर्ने छु ।
* भण्डारी जी सामाजिक सेवामा लागेका तपाईंका मनलाई हार्दिक नमन । समय र कुराकानीका लागि धन्यवाद ।
# अरु विषयमा त कुराकानी अरुसँग पनि हुन्थे तर तपाईंसँग जिन्दगी भित्र छिरेर कुरा गरियाे। तपाईं र श्रीखबर अनलाइन सञ्चारलाई हार्दिक आभार , धन्यवाद ।
Open photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0