Open photo
२०८०पुस ९,साेमबार
चितवन। लाेकप्रीय चिकित्सककाे रुपमा स्थापित वरिष्ठ फिजिसियन डाक्टर भाेेजराज अधिकारी गएकाे प्रतिनिधि सभा चुनावमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहनुभएकाे  चितवनकाे -३ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रकाे सिफारिसमा  गठबन्धन कै साझा उम्मेदवार बन्ने अवसर प्राप्त भएपछि  स्वदेशमा मात्र नभै परदेशमा समेत चर्चा भएकाे थियाे ।

 

भरतपुर अस्पतालकाे अध्यक्षकाे दाेश्राे कार्यकाल समाल्दै अस्पतालका भाैतिक तथा व्यबस्थापकीय कार्यमा उल्लेख्य काममा जुटिरहेका बेला राजिनामा दिएर राजनीतिकाे मीयाे तर्फ तानिएका डाक्टर अधिकारीले निर्वाचन कै दाैरानमा पनि ‘ ६ स ‘ काे अवधारणा प्रस्तुत गर्दै समाज सेवा र विकासकाे अवधारणा प्रस्तुत गर्नुभएको थियाे ।

सबै क्षेत्र बर्ग,पात्र र प्रवृत्तिसँग नजिककाे सम्बन्ध स्थापित गर्न काविल डाक्टर अधिकारीसँग माैजुदा राजनीतिक परिदृश्य भित्रकाे समाजिक अन्तर्वस्तु,व्यक्तिका स्वास्थमा देखापर्दै गैरहेका समस्या र राज्यले खेल्नुपर्ने भूमिकाका विषय भित्र रहि श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालसँग भएकाे अन्तरँग कुराकानीकाे सम्पादित अंशः

 

 डाक्टरसाप नमस्कार । प्रतिनिधि सभाको निर्वाचनताका एकाएक देखिएको सकृय राजनीतिबाट आफ्नै पेशामा फर्कनु भएको देखिन्छ । हिजोका ति दिनदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली राजनीति र समाजलाई कसरी नियालीरहनु भएको छ ?

– सर्वप्रथमतः श्रीखबर अनलाइन सञ्चार टिमलाई यस प्रेक्षालयमा हार्दिक स्वागत छ । हिजोका घटनाक्रमसँग जोडेर विषय प्रवेश गराउनु भयो । एउटा सचेत नागरिकले समाज दर्शन, मूल्य,मान्यता र आदर्शको खोजी गर्न, समाज परिवर्तन र विकासमा समाहित हुन चाहनु मानविय गुण नै हो ।

पारिस्थितिले मलाई नेकपा माओवादीका श्रद्धेय अध्यक्ष हाम्रा अभिभावक,राष्ट्रलाई नै परिवर्तनको दिशामा डो-याउन ल्याकत राख्नु हुने नेता क. पुष्पकमल दाहाल, प्रचण्डको निर्वाचन क्षेत्र नं.३ चितवनबाट गठबन्धन कै उम्मेद्वारको रुपमा प्रस्तुत हुने अवसर मेरो लागि जिन्दगीको महत्वपूर्ण अवसरको रुपमा ग्रहण गरेको छु। त्यस अवसरमा म, हाम्रो योजना र पार्टीप्रति ऐक्यवद्धता जाहेर गर्नुहुने समाजका सबै व्यक्तित्वहरुलाई श्रीखबर अनलाइन सञ्चार मार्फत पनि फेरि एक पटक हार्दिक कृतज्ञताका साथ आभार व्यक्त गर्न चाहन्छु।

दोस्रो कुरा,उत्पन्न पारिस्थितिको बारेमा समाजका सचेत वर्ग अनविज्ञ छैन। त्यो भन्दा पनि त्यतिखेरै समाज विकास र परिर्वतनमा म र मेरो आस्था रहेको पार्टी र समर्थक मोर्चाको तर्फबाट स्पष्ट रोडम्याप प्रस्तुत गरेको सर्वविदितै छ । मैले आफू पेशागत गोरटोबाट राजनैतिक राजमार्गमा प्रवेश गरेको र समाज विकास र परिवर्तनमा आफ्ना विवेकलाई पार्टी र संस्थाको पूँजीका रुपमा विकाश गर्दै समाजलाई आवश्यकताका आधारमा सेवकको रुपमा प्रस्तुत हुने जुन अवसरको लागि वातावरण श्रृजना भयो यो अवसरका लागि फेरि पनि पार्टी र नेतृत्व प्रति आभारी छु ।

 डाक्टर साथ तपाई आफैमा वरिष्ठ फिजिसियन, सफलता कमाईसकेको व्यवसाय र  दक्षता प्रदर्शन भइसकेको पत्र । आफूले दक्षता हासिल गरिरहेको क्षेत्रबाट बृहत क्षेत्र राजनीतिमा हाम फाल्नुको पछाडी केही छ त रहस्य ?

– बडो महत्वपूर्ण विषय उठान गर्नुभयो । यसका लागि धन्यवाद । पहिलो त मेरा वुद्धि, विवेक र क्षमताले पेशागत विधाबाट नागरिकका हैसियतले सामाजिक जिम्मेवारी जे जसरी बहन गरे गरेँ र गरिरहेको छु यसमा म सन्तुष्ट नै छु । तर मैले गरेको योगदान केवल समाजका लागि गोरेटा मात्र हो । यदि अवसर प्राप्त भएको खण्डमा राजनीतिबाटै माथि उठेर नेपाल र नेपालीको बृहत्तर विकास र सेवाको लागि नीतिगत क्षेत्रबाट तयारी हुनु मेरा लागि दोस्रो महत्वको विषय हो ।

नीतिगत निर्णय गर्ने तहमा पुगेर पार्टी र जनताको निर्देशनमा देशका लागि आवश्यक रोडम्याप तयारीमा सामेल भै नेतृत्वदायी योगदान पु¥याउने अवसरको खोजी गर्नु सामाजिक न्यायको सिद्धान्तले पनि मनासिव ठहर्दछ । राजनीतिलाई समाज सेवाको रुपमा ग्रहण गर्नु पर्दछ भन्ने मेरो बुझाई रहेको छ तर राजनीति विचार प्रधान हुन जरुरी छ । व्यक्ति प्रधान होइन ।

 

 त्यसो भए अहिलेको राजनीति र विकसित घटनाचक्र विचारबाट निर्देशत छ कि व्यक्तिबाट ?

– विचारबाट निर्देशित राजनिती र त्यसबाट उत्पादित राजनेताले देश चलाउन पायो भने देश र समाजले सकरात्मक परिणाम महशुस गर्ने हो । हाल राज्य संचालकहरुले समाजको नजरमा केही उपलब्धी प्रस्तुत गर्न सफल भए पनि खासमा भुईमान्छेहरुमा आशा पलाउन बाँकी नै छ ।

 के भयो भने भुई मान्छले पनि नागारिक भएको महसुस गर्लान् त ?

– अहिले तल्ला तहका नागरिक जसले राज्य के हो ? र कहाँ छ भन्ने पत्ता पाउनै सकिरहेका छैनन् । जबसम्म नागरिकमा शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षा र आत्म –सम्मानको महशुस हुँदैन र ति विषयमा सर्वसाधारणको पहुँच पुग्दैन तबसम्म हामीले भन्ने गरेको भुई मान्छेले राहत महशुस गर्न पाउँदैनन् ।

 अलिकति मानव स्वस्थ तर्फ छलफल गरौं । तपाई लामो समयदेखि वरिष्ठ फिजिसियनको रुपमा चिकित्सा कर्ममा हुनुहुन्छ । अहिले नागरिकहरुमा देखिएको स्वस्थ्य अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ ?

– विभिन्न किसिमका मौसमी रोग लाग्नु र त्यसले मानव स्वास्थ्य र समाजमा असर पार्नु स्वभाविकै हो । राज्यले क्षमता अभिवृद्धि गर्दै जादा यस्ता रोगबाट नागरिकलाई बचाउन पहल हुनसक्छ । यी  प्राकृतिक नियम जस्तै भए। तर व्यक्तिले प्राकृतिक नियम त बदल्न नसक्ला तर उसकाे दैनिकी जिवनलाई व्यवस्थित गराउन सके भने राेगबाट वचन सहज हुन्छ। अहिले मानव स्वास्थमा नयाँ र प्रकृतिका राेगहरुकाे श्रृजना भएकाे छ। म यसैका चिन्तित छु।

पहिलो कुरा – विभिन्न कारणले मानिसकाे साेचमा परिवर्तन आईरहेकाे देखिन्छ ।व्यक्तिको खानपिनमा सहज पहुँच ,क्रयशक्तिमा वृद्धि र देखासिकिका कारण पनि खानपिनमा नुन,चिनी,र चिल्लाे काे साथै जङ्गफुडका कारण अनावश्यक माेटाेपना, सुगर ,प्रेसरका साथै बाँझाेपना जस्ता राेग ह्वात्तै बढ्दै छ। जनताको चेतना स्तर पनि कता जादैछ कहिलेकाही साेचिरहेकाे हुन्छु। चिन्ता पनि लाग्छ।

अर्काे कुरा जतिधेरै विदेश पलायन, त्यति धेरै समाजमा चिन्ता र तनाव वढाईरहेकाे देखिन्छ । ज्ञान र धन आर्जन गर्ने नाममा सन्तान नै बेचिरहेका वुवाआामाकाे सँख्या बढ्दाे छ। घरघरमा श्रीमान्- श्रीमती बीच,छाेराछारी-आमाबाबु बीच उत्पन्न असामन्जस्यताले तनाव श्रृजना गर्दैछ।

झट्ट हेर्दा हुनेखाने,सुकिलामुकिला खाईलाग्दा र धनीमानी जस्ता देखिएपछि आन्तरिक पीडा खतरनाक बन्दैछ। युवाहरु धेरै विदेश तिर भएका मध्य पनि काेही कुलतमा । त्यसैले समाज विकाससँगै राेग र राेगीकाे प्रकृतिमा पनि परिवर्तन देखिएकाे छ ।

आज श्रृजना भएकाे राेग भाेलीकाे पुस्तामा सर्नेक्रम बढ्दाे छ,जुन सबैभन्दा खतराको विषय हाे। युवा जनशक्ति पलाएनले भाेलीका दिनमा घरपरिवारलाई त असर पर्ने नै भयाे,राज्यतह मै यसले नकारात्मक प्रभाव पार्नेछ। यी सबै विषयलाई राज्यले गहनताका साथ लिनु जरुरी देखिन्छ ।

 यी समस्य समाधानका बाटाे पनि केही छ र ?

छ,पक्कै छ। सबैभन्दा पहिले राज्य तहले न‌ व्यक्तिमा चेतना हुने खालका पाठ्यसामग्री स्कुल, कलेज तहबाटै विकास गर्नुपर्छ। पाठ्यक्रममा नै सामाजिक तथा मानसिक मनाेशिक्षा तथा परामर्श का कक्षाहरु हुनु जरुरी छ । राज्यका सबै तहमा तालिम प्राप्त मनाे सामाजिक परामर्श दाता सहितको मनाे परामर्श केन्द्र हुनु जरुरी छ ।

हरेक व्यकिले आफुलाई असहज लागेका विषयमा खुल्ला छलफल र परामर्श पाउन सक्ने बाताबरण सृजनाहुनुपर्छ । व्यक्तिले आफ्नाे क्षमता भन्दा धेरै र ठुलाे महत्त्वकाँक्षा लिने र प्राप्त हुननसक्दा चिन्तित हुने र विस्तारै डिप्रेसनमा जाने खतरा बढ्दै छ । राज्यले नीति बनाएरै याेजनाकाे थालनी गर्नुपर्द छ कि व्यक्तिले आफ्ना विषयमा छलफल र परामर्श पाउन सकाेस् ।

 डाक्टर साप दैनिकजसाे हजारौंकाे सँख्यामा युवाहरु विदेशीन थाले , नर्स सहित स्वस्थ्यकर्मी पनि जानथाले, के नेपालमा खान बस्नकै कठिनाई बन्दै हाे र?

-खानैे नपुगेर भन्दा पनि थप सुविधाकाे खाेजी गर्ने मानवीय स्वभाव हाे। नयाँ सम्भावना खाेज्दै गर्दा मेरा बुवा कमेरेवाट पटिहानी पलायन हुनुभयो, म पटिहानी बाट भरतपुर आएँ । यी सबै नयाँपन काे खाेजी हाे । जब मानिसकाे खाेजीकाे क्रम बढ्छ उ सर्छ। सर्दैजाँदा विदेश पनि पुग्न सक्छ । पलनयन नै पनि । देशमा नयाँपन पाउन राज्यसँग याेजना हुनुपर्छ ।  युवालाई ४० बर्षसम्म स्वदेशमा के र कहाँ गर्ने भन्ने याेजना दिनुभयाे भने उ यतै बस्छ र केही गर्छ। नपाए जहाँ पाउँछ उतै जान  सक्छ। राज्यले युवालाई सीप मात्रै हाेईन श्रमगर्ने सुनिश्चितता पनि दिन सक्नुपर्छ। हरेक व्यक्तिको चाहना शिक्षा , स्वास्थ, राेजगारी र सामाजिक सुरक्षा र सम्मान पनि हाे। राज्यले यसमा उचित कदम उठाउने याेजना बन्नु र,कार्यान्वयन हुनु जरुरी छ।

 डाक्टरसाप, तपाई पनि भरतपुर केन्द्रित हुनुहुन्छ। सारा मान्छे पनि भरतपुर भरतपुर भन्दछन्आखिर के छ भरतपुरमा ?

– दुनियालाई चाहिएको शिक्षा, स्वास्थ्य, सामाजिक आर्थिक सुरक्षा र आत्मसम्मान हो। अलिकति नीतिगत रुपमा कार्यसम्पादन गर्न सकियो भने यि सबै विषयमा भरतपुर अगाडि छ र सम्भव पनि छ। त्यसैले सबैको रोजाई भरतपुर भएको हुन सक्छ । भरतपुरले अब आर्थिक विकास र समृद्धिको साथसाथै सामाजिक सांस्कृतिक रुपमा सौन्दर्यकरणमा लाग्नु जरुरी छ ।

 व्यस्त समयलाई व्यवस्थापन गरी अन्तरंग कुराकानीको अवसर प्रदान गरी विचारसमेत संप्रेषणको वातारण तयार गरिदिनु भएकोमा यहाँलाई धन्यवाद ।

– धेरै लामो समयपछि जिन्दगीका अन्तरंग कुराकानी गर्ने अवसर मिल्यो । विचार प्रस्तुतीको अवसर प्रदान गर्नुहुने तपाई र श्रीखबर अनलाइन सञ्चार विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछु । धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0