२०८०श्रावण ११, बिहीबार श्रमजीवी पत्रकार सम्बन्धि बनेकाे ऐन, २०५१र नियामावली,२०५३ ले श्रमजीवी पत्रकारकाे निम्नतम पारिश्रमिककाे व्यवस्था गरेकाे र विद्यमान कानुनले साेकाे प्रत्याभूत गरेकाे सेवा र सुविधा प्रति सञ्चार प्रतिष्ठानले सराेकारवालाकाे ध्यानाकर्षण गराएकाे छ।

विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानकर्षण गराएको हो ।

प्रतिष्ठान समिति अध्यक्ष सङ्गीता खड्का द्वारा आज प्रेस विज्ञप्ति जारीगर्दै ऐन, कानर र राज्यले व्यवस्था गरेबमोजिम श्रमजीवी पत्रकारलाई सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदानगर्ने सेवा सुविधा कटाैतीका लागि सिफारिस हुनसक्ने प्रति समेत सचेत गराईएकाे छ । कानुन विपरीत विभित्र सञ्चार प्रतिष्ठानले पत्रकार तथा कर्मचारीलाई कानुनले व्यवस्था गरे बमोजिम सेवा तथा सुविधा उपलब्ध नगराउने तथा करार सम्झाैता भङ्ग तथा निस्काशन समेतका गुनासाहरु आउन थालेपछि सराेकारवालालाई सचेत गराउन परेकाे प्रतिष्ठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0