बुधबार २७, असार २०८०

चितवन/ शैक्षिक परामर्शदाता सँस्थाकाे रुपमा सफलताको ख्याति कमाएका यज्ञविलास पाैडेल( वाइबी) सेन्ट्रल कलेजका प्रिन्सिपल हुन् । उनी यहि असार ३० गते काठमाडौंमा हुने इक्यानकाे केन्द्रीय उपाध्यक्षका लागि उम्मेदवारी सहित महाधिवेशनमा प्रस्तुत हुनेभएकाछन् ।

सामाजिक सन्जाल मार्फत उम्मेदवारी घाेषणा गरेका उनी विगत २९ वर्ष देखि निरन्तर शैक्षिक परामर्श व्यवसाय मार्फत विश्वबजारका धेरै देशहरुमा उच्च शिक्षा अध्ययनका लागि ईच्छुक विद्यार्थीहरुलाई परामर्श तथा आवस्यक सेवा उपलब्ध गराउँदै आईरहेका छन् ।

चितवनको नारायणगढ स्थित शहिदचाेकमा केन्द्रीय कार्यालय देशका विभिन्न स्थानबाट सेवा दिदै आउनुभएका युवा परामर्श व्यवसायीकाे समेत ख्याति कमाएका पाैडेलले यश अघि नै ईक्यानकाे सदस्य भै काम गरिसकेका व्यक्ति हुन् ।

व्यवसायीक सँस्थालाई पार्टी तथा गुट उपगुटकाे प्रवेशले फाईदा भन्दा नाेक्सान पुर्याएकाे भन्दै उनले आफू गुट उपगुट भन्दापनि साझा उम्मेदवारकाे रुपमा प्रतुत हुने बताएका छन् ।

भाषा प्रशिक्षण तथा विभिन्न तालिम मा TOTE प्रशिक्षकमा दख्खल पाैडेले ईक्यानमा उपत्यका बाहिरबाट पनि राम्राे उपस्थित हुनुपर्नेमा जाेड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0