शुक्रबार २२ असार २०८०

मकवानपुर /सञ्चार रजिस्ट्रारकाे कार्यालय पत्रकार र पत्रकारीतालाई मर्यादित बनाउदै गुणस्तरिय सूचना प्राप्ति गर्ने नागरिककाे हकलाई ब्यवस्थित गर्ने र  साे सँग सम्बन्धित बिषयकाे नियामक निकाय हाे । यसले पत्रकार र पत्रकारीताका हरेक रुपलाई मर्यादित गराउने बिषयमा पत्रकार र प्रकारिता जगतकै अभिभावकीय जिम्मेवारी प्रदान गर्ने गर्दछ ।

मर्यादित पत्रकारिता गर्न र पत्रकारलाई पेशामा टिकाईराख्न पनि उसकाे रहेक पक्षले व्यवसायीकरणकाे लय समात्नु जरुरी हुन्छ । लय समात्न पत्रकारकाे क्षमतामा समय सापेक्ष वृद्धि हुनु जरुरी हुन्छ ।

पत्रकारकाे क्षमता वृद्धि गर्ने उद्देश्यले सञ्चार रजिस्ट्रारकाे कार्यालय बागमती प्रदेशले चालू आर्थिक बर्षमा आवासीय रुपमै रहेर यस प्रदेश भित्ररहि पत्रकारिता गरिरहेका मध्य २ सय २२ जना पत्रकारहरुलाई प्राविधिक तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएकाे बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले बताउनुभयो ।

तालिम लिनेहरु मध्य ३८ प्रतिशत महिला पत्रकार रहेकाे बागमती प्रदेश रजिस्ट्रार कार्यालयले जानकारी दिएकाे छ । कार्यालयले पत्रकारहरुलाई डेटा ड्रिभन,अनलाइन ,माेवाईल पत्रकारिता तालिम उपलब्ध गराएकाे रजिस्ट्रार सापकोटाले बताउनुभयो ।

यसैगरि ५५ जनालाई रेडियो प्राविधिक तालिम दिईएकाे मध्य आठजना महिला रहेका थिए भने कार्यालयले बजार व्यवस्थापन तथा बिज्ञापन कला का साथै २३ जना पत्रकार महिलाहरुलाई समाचार लेखन तथा सम्पादनकलाबाट प्रशिक्षित गराईएकाे रजिस्ट्रार सापकोटाले बताउनुभयो ।

बहाँका अनुसार सञ्चार रजिस्ट्रारकाे कार्यालय  सीप र समावेशीतालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश भित्र कृयाशील पत्रकार र मिडिया हाउसकाे पत्रकारिताकाे गुणस्तरमा बृद्धिका लागि  लागिपर्ने छ । चाडै नै साईवर सुरक्षा , बिधागत (बिट) पत्रकारिता र उहिलेकाे पत्रकारिताकाे भाग दुई प्रकाशनकाे तयारीमा रहेकाे कार्यालयले यस अघि नै अनलाइन पत्रकारिता हातेपुस्तिका, डिजपटल साक्षरता,उहिलेकाे पत्रकारिता,बत्तिस काेण,बागमती प्रदेश मिडिया जस्ता बहुउपयाेगी कृति प्रकाशन गरिसकेकाे छ ।

सन्चारकर्मीसँग कुराकानीका क्रममा रजिस्ट्रार सापकोटाले भन्नुभयाे ” आफू लामाेसमय देखि सक्रिय पत्रकारिताकाे जिन्दगीसँगै रजिस्ट्रारकाे जिम्मेवारीमा आएका कारण आफुलाई पत्रकार र मिडिया हाउस सम्बन्धि देखापरेका समस्याकाे बारेमा अनुभव भएका कारण पत्रकार र उनीहरुकाे सँस्थाकाे हितका लागि जिम्मेवारीका साथ कार्य सम्पादन गर्ने आँट र अठाेटका साथ भावि याेजनाकाे बारेमा कार्यालय सचेत रहेकाे छ । ”

रजिस्ट्रार सापकाेटा हालै दाेश्राे कार्यकालका लागि जिम्मेवारीमा रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0