असार २१ बिहीबार २०८०

काठमाडौं / यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा ( एसईई ) काे नतिजा सार्वजनिक भएकाे छ । उत्तीर्ण हुने विद्यार्थीले गत वर्षभन्दा राम्राे नतिजा प्रदर्शन गरेकाे बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

गतवर्षकाे परिक्षामा ९ हजार ६३३ विद्यार्थीले मात्र ३.६ देखि जिपिए ४ ल्याएकाेमा यस वर्ष विद्यार्थीकाे विद्यालयकाे निरन्तरता तथा काेविड पछि पठनपाठनमा भएकाे सुधारका कारण यस वर्षको रिजल्ट सुधारिएर गत वर्षकाे भन्दा ३ प्रतिशतले वृद्धि भै ४.३६ प्रतिशत विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याउन सफल भएकाे अध्यक्ष शर्माकाे ठहर छ ।

गतवर्ष १.९४ प्रतिशत विद्यार्थीले मात्र साे प्रतिशत रिजल्ट प्राप्त गरिएको थियाे । बाेर्डले यस वर्ष विज्ञान , गणित र अँग्रेजी विषयमा स्तरीकृत परीक्षा प्रणाली लागुगरेकाे थियाे । यसै प्रणालीका कारण रिजल्टमा सुधार आएकाे शिक्षा विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0