बिहीबार २१ असार २०८०

चितवन/ भरतपुर महानगरकाे २५ नम्बर वडाले किसानहरुलाई सम्मान गरेकाे छ।

वर्षैभर ३६५ दिनै कुटाे काेदालाे लिएर खेतबारीमा कर्म गर्नुहुने किसानलाई वहाँहरुकाे कामकाे उच्च मुल्यांकन गर्नुका साथै कामप्रति निरन्तरता कायम गर्न अझ उत्साहि र जिम्मेवार बनाउन पनि छनाैटमा पर्नुभएका कृषक साथीहरूलाई सम्मान गरेकाे २५ वडाका अध्यक्षले बताउनुभयो ।

वडाले नियमित तरकारी उत्पादन कार्यमा लाग्नुभएका ६० जना कृषक उद्यमीलाई प्रमाणपत्र सहित स्प्रे ट्याङ्क, तथा कृषि अैाजार वितरण गरेकाे थियाे । साे अवसरमा उत्कृष्ट पशुपालक उद्यमीलाई समेत सम्मान गर्दै अैाषधिहरु उपलब्ध गराएकाे थियाे ।

वडाका विपन्न नागरिकहरु मध्य २१ जना कृषकलाई गरिवसँग विशेश्वर कार्यक्रम अन्तर्गत सम्मान स्वरुप कृषि उपकरण उपलव्ध गराएकाे छ । उनीहरुलाई साे कार्यक्रम मार्फत स्प्रे ट्याङ्क वितरण गरिएको हाे ।

आफ्ना २१ वटै टाेल विकास सँस्थाहरुकाे अफिस सन्चालनमा सहयाेग पुर्याउने उद्देश्यले एक- एक थान दराज तथा फाेहाेर राख्न डस्विन उपलव्ध गराएकाे छ ।  यसै बिच वडाले वडाका ९ जना महिला सामुदायिक स्वास्थ्य स्वस्यँ सेविकालाई एकएक थान साईकलकाे साथमा झाेला र छाता समेत उपलब्ध गराईएका छ ।

सम्मान सहितकाे पुरस्कार वितरण कार्यक्रममा बाेल्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले महानगर पूर्वाधार विकासकाे साथसाथै कृषिक्रान्तिमा समेत अघिबढेकाे बताउनुभयो ।

कार्यक्रममा महानगरका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पाैडेल,नगर शिक्षा अधिकारी महेन्द्र पाैडेल,याेजना प्रमुख ओम प्रसाद का साथै किसान तथा महिला प्रतिनिधिकाे मन्तव्य सहितको उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0