३२ जेष्ठ २०८०, बिहीबार ।

कृष्णप्रसाद खनाल

चितवन/भक्ति थापाले साविक समयमा के गरे प्रत्यक्ष देख्ने हाल काेहि छैनन् । तर बर्तमानमा उनलाई सम्मानकाे नजरले हेरिन्छ । भृकुटी नेपालमा जन्मिएर कहाँ पुगिन् तै पनि उनी नेपालमा अमरत्वकाे पानामा छिन् । समकालीन समयका धेरै पात्रहरु बर्तमान समाजले निरन्तर रुपमा सम्मानित नजरले बुझ्ने गरेकाे पाईन्छ । पृथ्वीनारायण शाहलाई सम्झदा हाेस् या विभिन्न कालखण्डमा जन्मिएका पात्रहरू काे सम्झना कुनै न कुनै रुपमा समाजले सम्झेकै छ । तर सम्झनाका कारण भित्र लुकेको मूल्य फरक छ । व्यक्तिको शक्तिमा अढिएर कसले कसलाई सहयाेग गरेकाले उसकाे ईतिहास बाँच्नेगरि बन्याे त्यसकाे खाेजि नहाेला तर बुझाईकाे गाम्भिर्यता भने नमर्न सक्छ ।

आफू बाँच्नका लागि सबैले सबैलाई सहयाेग गर्नु र सहयात्री हुनुलाई इतिहासले कालजयी बनाईराख्छ भन्ने छैन । देश र जनताकाे हित र प्रतिष्ठा , अघिकार र अस्तित्वका लागि आफू मर्न तयार हुने व्यक्तिलाई भने बाँचेकाहरुले सम्मान जाहेर गर्दै गए।

 

अर्का व्यक्ति आफू बाँचेरै पनि देश र दुनियाँलाई गर्ब गर्न सक्ने केही यस्ता काम गरे त्यहि गुनलाई समाजले याेगदानकाे रुपमा ग्रहण गरे र उनकाे याेगदान सँगसँगै उनैलाई कालजयी बनाएर समाजकाे जिम्मा दिए ।

आफू मरेर समाजलाई याेगदान पुर्याएका व्यक्तिकाे समाजले स्मरण भने सत्ता र शक्तिकाे बलमा हुने गर्दैछ । सत्ता र शक्तिको आडमा ख्याति कमाएका व्यक्तिहरुकाे ख्यातिलाई सत्ता र शक्ति माथि आउने फेरबदलले असाध्यै प्रभाव पार्ने गर्दछ । माैजुदा सत्ता वा शक्तिको निरन्तरतामा उनकाे ख्याति र याेगदानकाे सम्मानकाे उचाइ अडेकाे हुन्छ ।

कुनै कसैकाे याेगदान र त्यागकाे आदर्श भने यति गहकिलो र ओजस्वी हुन्छन् कि सम्झदा पनि श्रद्धाले शिर झुकाउन्न भन्दा पनि आफैं निहुरिन्छ ।

इतिहासकाे कालखण्डमा नेपाल कत्रो थियाे कहाँ पुग्याे घट्याे कि बढ्याे त्याे इतिहासलाई बर्तमानमा बसेर हेर्ने एउटा दृष्टि हाे । नेपालकाे क्षेत्र विस्तारकाे लडाइँमा कस्काे कस्ताे ईन्ट्रेस्टले बलपायाे , त्यसमा कस्काे कस्ताे याेगदान रह्याे भन्ने बारेमा आआफ्ना बाैद्धिक स्तरले अध्ययन भैरहेकाे बिषय हाे ।

नेपालीको राजनीति चेतना र चेतकाे अध्ययन गर्ने हाे भने हिजाेकाे केही पुस्ता नेपाली शासककाे याेजनामा भाैतिक लडाइँमा सामेल थियाे भने पछिल्ला समयका लडाइँ हरु भने बाैद्धिक र कुटनैतिक काैशलपूर्ण हुँदै आईरहेकाे पाईन्छ ।

हालै भारतले विश्व समुदाय लाई आफ्नाे गर्बिलाे ईतिहासकाे हुँकारकाे बाटाे हुँदै शक्ति र प्रतिष्ठाकाे जेहाद छेड्ने काैशलता देखाउन ग्रेटर भारतकाे हुँईयाँ पिटाएर बिश्व लाई टाँङमूनी राखेकाे वकालत गर्याे । देख्दादेख्दै काेही र केहि मुन्तिर छिरेकाे देखिए भने बिश्व जगत भने सजिलै टाँगमूनी छिर्न उसकाे स्वभिमानले नमाने पछि बिमती प्रकट गरे ।

बिमतिलाई असाध्यै माैलिक र मर्यादित पाराले नेपालका एक युवा जसले स्वतन्त्र उम्मेदवारी दिएर धेरै जसाे पार्टीका धेरै सदस्यकाे मतबाट काठमाडौं जस्तो नगरीकाे मेयर भए ” बालेन शाह ” सारा नेपाली जनता र नेपाली अस्मितालाई मायाँ गर्ने बिश्व जगतकाे स्याबासी र सलाम पाउनेगरि नेपाली इतिहास बाेकेकाे ग्रेटर नेपाल आफ्नाे कार्यालय काे छातीमा अड्याए र अमरताकाे बाटाे तय गरे।

बालेन शाह काठमाडौं का माैजुदा मेयर हुन् । उनी सबैकाे नजरमा याेग्य र ईमानदार तथा काैशलपूर्ण पात्रकाे रुपमा दर्ज भएका मेयर नहुनपनि सक्छन् । सबैका ईमानकाे फेहरिस्तमा नसमेटिएका पात्र पनि हुनसक्छन् । कसैका प्रतिस्पर्धी हाेलान् त कतिका राजनीति गर्ने सम्भावनालाई सक्काईदिने पात्र नहाेईनन् भन्न सकिन्न । याे हरेकाेकाे बुझाईकाे कसी हाे ।

मेयर बालेनले “ग्रेटर नेपाल” देश र दुनियाँलाई नक्सा मार्फत जे दिए त्याे भने नेपाली मन र माटाेका लागि साझा चाैतारी हाे । उनकाे याे कदम कुनै बिरताकाे प्रस्तुति भन्दा ईन्चिभर कम हनुने गरि ईतिहासले दर्ज गरिसकेकाे कलमले त स्याबासी पाउने अवस्था श्रृजना भएकाे छ भने मेयर बालेन त झन् देशकाे प्रतिष्ठाका लागि लड्ने कुटनैतिक चेतभएका सफल नेतृत्वको रुपमा ग्रहण गर्न कुनै वाद वा बिचारधाराले छेक्ने छैन । नत कसैले उनकाे याे ” ग्रेटर नेपाल” अभियानलाई सलाम गर्न लाज मान्नुपर्ने छ ।

बस् यत्ति हाे मेयर बालेनले जे गरि सचेत नेपालीको हित र प्रतिष्ठा माथि टेकेर गर्बीलाे छाती लिएर सगरमाथा बाट हुत्तिएकाे पवनसँगै मेची र काेशीका निर्मल जललाई छाेएर खाएका कसममा थप कसम खाने युवाकाे श्रेणीमा कालजयी भएर राष्ट्रियताकाे पानामा एक सच्चा सपुतकाे नाम थपाए । मर्ने जिन्दगी पाएका उनी नमर्ने इतिहासमा टल्किने भए । बालेन तिमीलाई सम्मानपूर्ण – सलाम ।
—————————————————-
लेखक पत्रकार खनाल समाजशास्त्रका बिद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0