२०८०बैशाख ५

 

चितवन/हिजो साेमबार बिहान ३ बजेर ४५ मिनेट जाँदा ३ तलाबाट खसेका रा्स्वपाका अध्यक्ष रवि लामिछानेका सवारी चालकको अझै हाेस नआएकाे चितवन प्रहरी कार्यालयले जनाएको छ।

साे पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसगै सुतेका ३९ वर्षीय शम्भु थापाकाे कसरी घटना भयाे अझै खुलिनसकेकाे प्रहरी कार्यलय चितवनका एसपी रामेश्वर कार्कीले बताए । सामान्य साेधपुछ भैरहेपनि काेहिलाई पनि नसमातिएकाे पनि कार्कीले बताए।

चितवन स्थित पुरानाे मेडिकल कलेजमा उपचाररत थापाको अहिलेसम्म हाेस भने नआईसकेकाे र अवस्था स्थिर रहेकाे अस्पताल श्राेतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0