२०७९ चैत्र २२

चितवन/साैराहामा बाधिराखेकाे हात्ती माथि गएराति धारिलो हतियार प्रयाेग भएकाेछ। अज्ञात व्यक्तिले धारिलो हतियार प्रयाेगगरि दिपक खतिवडाको हात्ती माथि घाईते बनाएका हुन् । दिपक खतिवडा साैराहाका रेष्टुरेन्ट व्यवसायी हुनुहुन्छ।

“घटना रातिकाे समयमा भएकाेले कसले गर्याे थाहाहुन सकेन “दिपक खतिवडाले भन्नुभयो। बिहान हात्तीको सुँडबाट रगत बगेकाे देखेपछि हेर्दा सुड छिनाल्ने गरि धारिलो हतियारले हात्तीको सुड नै टुक्रा भै छिनेकाे छ। अहिले चिकित्सकहरु द्वारा घाइते हात्तीको उपचार भैरहेकाे छ।

घटना थाहा पाउनेव्यत्तिकै नजिककाे प्रहरी कार्यालय , कसरा क्याम्प तथा निकुञ्जमा खवर गरियाे वहाँले भन्नुभयो । यतिखेर घटना घटेकाे क्षेत्रमा प्रहरी परिचालित भ‌ैरहेकाे छ । घटनाको खवर प्राप्त हुनासाथ हामीले हात्तीको सुरक्षा र अनुसन्धानलाई अघि कढाएका छाैँनिकुञ्ज कार्यलयले भन्याे ।हामी घटना घटेकाे क्षेत्र तर्फ अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित निस्कने तयारीमा छाै। आर्मी कार्यालयले भन्याे।

के कसरी घटना घटेकाे हाे , कसै माथि शँका छ त ? भन्ने हाम्राे जिग्याशामा खतिवडा भन्नुहुन्छ ” म मान्छे नै हुँ केहि कसैलाई त केही हुन सक्छ तर मैले जानेसम्म कसैलाई केही केही घात हुनेगरी केही बिगारेको हेक्का छैन । यतिसम्मकाे रीस ईवी राखेर बाँधिराखेकाे हात्ती माथि नै हतियार प्रयाेग गरि सुड नै टुक्रा हुनेगरी प्रहार गर्नु घाेर अपराध र पिडाकाे विषय हाे ।” आफुले कसैलाई सिधै दाेषराेपण गरिहाल्ने अवस्थामा नरहेको र अनुसन्धानले अपराधी पत्ता लगाई हदैसम्मकाे सजाएँ र उचित क्षेतीपूर्तिकाे माग रहेकाे घाइते हात्तीका धनी दिपक खतिवडाले बताउनुभयाे।

हात्तीले चाेट र दुखाइका कारण छुनसम्म पनि देएकाे छैन । सुईबाट अैाषधी दिने र विटाडिन छर्कने गरिएको उपचारमा सम्पन्न चिकित्सकहरुले जानकारी दिए ।

Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0