फागुन २१,चितवन

सरकारले करिब १० रुपैयाँ प्रति लिटरका दरले भाउ बढाउने निर्णय गरेकाे छ दूधकाे । महङ्गीले थलिएकाे परिस्थितिमा दूध उत्पादक किसानलाई पनि सकस नै छ दूध काे उत्पादन बढाउन । सिधा हेर्दा किसानकाे दूधको भाउ बढ्नेछ ।

Open photo

बक्रदृष्टीले हेर्याेभने व्यापारीलाई थप नाफामा पु्र्याउने छ । अब दूध र जन्य परिकारकाे भाउ बढ्नेछ । बिचमा बसेर धन्दा गर्नेहरुलाई हाईसुख्ख हुने नै भयाे ।कच्चा दूधमा भएकाे मूल्य वृद्धिकाे प्रभाव बिक्री र निर्माणमा नपर्ने कुरै भएन । बजारकाे छनक हेर्दा आम उपभोक्ताहरु भने बढेकाे मूल्य भन्दा ५० प्रतिशत चर्काे मूल्यमा दुध र दुग्धजन्य सामाग्री खरिद गर्नुपर्ने हुनसक्ने देखिदैछ।

बिचमा बसेर व्यापार गर्ने डिडिसि जस्ता ब्यापारी सँस्थाहरु समेत बढेकाे मूल्यका अझै थप दस्तुर लगाउने अवसरकाे खाेजि पहिल्याउन तल्लीन देखिन्छन् । दुधकाे बढेकाे मूल्य भन्दा थप मूल्यमा दूध र यसबाट बन्ने परिकार खरिद गर्नु पर्ने अवस्था श्रृजना भए गराएमा आम उपभोक्ता भने सिधा मारमा पर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0