२०८१ जेष्ठ ७ , साेमबार
काठमाडौं । महानगरका फाेहाेर बाेक्ने गाडीका चालक समातिए पछि मेयर बालेन शाहले लेखेकाे स्ट्याटसले राजधानीका प्रशासनिक निकायलाई धक्का दिएकाे जानकारहरले बताएका छन् ।
मेयर शाहले स्ट्याटस् मार्फत `भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जब सम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छोडिँदैन !´
स्ट्याटस् लेखेकाे एक घण्टा नबित्दै चालक रिहा भएपछि उनले पुनः अर्काे स्ट्याटस् लेखेका छन् । जसमा उनले भनेका छन् ‘जो कोहीले यत्ति बुझ्नुहोलास् पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’
‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला,’ उनले भनेका छन्।
काठमाडौंकाे फाेहार विसर्जन गर्ने स्थानमा भएकाे अवराेध हटाउन जिम्मेवार निकायबाट असहयोग भएकाे भन्दै मेयर शाहले फाेहार नेता, पार्टी र सिँहदरबार आसपास पुर्याउन दिएकाे निर्देशन पछि गएका सवारी चालक समातिएका थिए ।
प्रमुख साहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1