२०८१ बैशाख १२, बुधबार

चितवन। २०७५ सालमा तात्कालिक रास्ट्रपति विद्यादेवी भण्डारीले कतार जाँदा बाचा गरेअनुसार साैराहाका पाँच बर्षका खगेन्द्र र पाँच बर्ष छ महिनाकी रुद्रकली हात्ती कतार पुर्याइने भएकाे छ ।

रास्ट्रपतिले कतारलाई हात्ती उपहार दिने बाचागरेकाे छ वर्ष पछि नेपालले कतारी अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानीकाे नेपाल भ्रमणकाे अवसर पारेर उपहारमा २ हात्ती दिएर बाचा पूराहुन लागेकाे हाे ।

खगेन्द्र साैराहा स्थित पाेष्टमै हुर्केका हात्ती हाे भने ३ महिलामै टुहुराे भएकी पूजाकलीकी छाेरी रुद्रकली समेत माउते रामचन्द्र चाैधरीकाे जतन र स्याहारसुसारमा त्यहीँ हुर्कीएकी हुन् ।

साैराहा आउने पर्यटनकलाई फूलमाला लगाएर टाउकाेमा सुँड अढ्याएर स्वागत सहित मायाँ बाढ्ने दुबै हात्तीले अब कतारमा बसेर नेपाल र नेपालीकाे प्राकृतिक पहिचान र मित्रताकाे पहरेदार गर्नेछन् ।

कतार एरलाएन्स काे कार्गाे जहाजबाट कतार पुर्याईने यी उपहारका हात्तीहरुसँग उनका सुसारे जदूसिँह थारु र रामचन्द्र चाैधरी समेत केहिसमयका लागि जादैछन् ।

उपहार स्वरुप २ हात्ती कतार लैजानका लागि दुई पक्षिय अध्ययन र कानुनी सहमति प्रकृया अघिबढिसकेकाे सँरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले बताए ।

कतार अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी यतिखेर नेपाल भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0