२०८० माघ १९, शुक्रबार

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेड विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धि उजुरी परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी कार्यालय चितवनले निक्षेपकर्ताहरुकाे नाममा आज १९ माघमा सूचना जारी गर्दै भरतपुर -३ लायन्सचाेक, चितवन स्थित साहारा बहुउद्देश्यीय सहकारीकाे नाममा निक्षपकर्ताहरुकाे रकम ठगी गरेकाे सम्बन्धि कसुरमा उजुरी परेकाे र साे सम्बन्धमा अनुसन्धान भैरहेको जनाउँदै उजुरी दिन छुटभएका निक्षेपकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमा १५ दिनभित्रमा उपस्थित भै उजुरी दिनुहुन भनी सूचना जारी गरेकाे छ ।

उक्त सहकारीकाे केन्द्रीय कार्यालय नारायणगढ स्थित लायन्सचाेक मा रहेकाे छ भने रत्ननगरकाे टाँडी र खैरहनीकाे पर्सामा शाखा रहेकाे छ । यस अघि पनि निक्षेपकर्ताहरुले आफू साहाराबाट ठगिएको भन्दै उजुरी दिईसकेका छन् । प्रहरी कार्यालयले छुटभएका निक्षेपकर्ताहरुका लागि निवेदन दिने म्याद सार्वजनिक गरेकाे हाे ।

प्रहरी कार्यालय चितवनमा यसअघि पनि शिव शिखर बहुउद्देश्यीय सहकारी लगाएतका सहकारीले ठगीगरेकाे भन्दै उजुरी परेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0