Open photo

२०८० मङ्सिर ११ , साेमबार ।

चितवन । चार बटा थप बेडहरु थपेसँगै भरतपुर अस्पतालकाे आईसियूका बेड सँख्या ३८ पुगेकाे छ ।

Open photo

३४ बटा बेडबाट अस्पतालले आईसिसियू र सिसियू सेवा दिइरहेकाेमा मङ्सिर १० गते ४ बेड थपिए पछि अब अस्पतालले ३८ बेडबाट सेवा सञ्चालन गर्नसक्ने भएकाे अस्पतालका प्रवक्ता डाक्टर गाेविन्द कँडेलले बताउनुभयो ।

हाल सञ्चालनमा रहेकाे २० बेडकाे एनआइसियू र ६ बेडकाे पिआईसियू समेत यथावत रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ।

देशकै केन्द्र भागमा रहेकाे भरतपुर अस्पताल सेवाग्राहीकाे हिसावले अत्यन्तै ठुलाे चापमा परेकाे अस्पतालकाे रुपमा रहेकाे छ भने पछिल्ला समयमा अस्पतालकाे भाैतिक निर्माण तथा उपलब्ध सेवाका आधारमा समाजकाे भराेसाकाे थलाेकाे रुपमा विकसित हुँदै गैरहेकाे सेवाग्राहीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0