२०८०मङ्सिर ११, साेमबार ।

चितवन । राप्ती नगरपालिका १ का हरि पाैडेललाई शुक्रबार बाघले आक्रमण गरि मारेपछि उक्त नरभक्षी बाघ समाउन गएकाे टाेलीले बाघ नियन्त्रणलाई नियन्त्रणमा लिएकाे छ भने बाघलाई नियन्त्रणमा लिएकै स्थानमा अर्काे एक पुरुषकाे लास समेत फेला परेकाे छ ।

चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले आइतबार बाघ नियन्त्रण लिएकै नजिकमा कम्मर तलकाे शरीर मात्रै रहेकाे अवस्थामा १८ वर्षिय पुष्पराज तामाङकाे शव फेला परेकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । उनलाई बाघ नियन्त्रणमा गएकाे टाेलीले मनहरी – ६ जाेगितालमा कम्मरमाथि बाघले खाएकाे अवस्थामा फेला पारेकाे थियाे ।

शुक्रबार दुविचाैरका ४३ वर्षिय हरि पाैडेललाई बाघले मारेकाे खबर सुनेपछि तामाङ घटना हेर्न बगरतिर गएकाे र त्यहि समयमा उनलाई पनि बाघले आक्रमण गरेकाे हुनसक्ने अनुमान गरिएकाे छ । पाैडेल र तामाङलाई मार्ने बाघ एउटै भएकाे जनाएको छ ।

नरभक्षी साे पाेथी बाघ भने आईतवार राति नै नियन्त्रणमा लिईसकिएकाे र यसलाई कसरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0