Open photo

२०८० कार्तिक ४, शनिबार

चितवन ।  घण्टाैँसम्म थुप्रिएर गफसुन्ने फुर्सद विदेशमा नहुने भुतपुर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् । नेकपा एमाले चितवन द्वारा पार्टी कार्यालयमा शुक्रबार आयाेजित पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा पाण्डेले यस्ताे बताएका हुन् ।

Open photo

आफ्ना अगाडि शुभकामना भाषण सुन्न थुप्रिएका नेताकार्यकर्ताहरुलाई सम्वाेधन गर्दै पाण्डेले भने” विदेशमा यसरी घण्टाैँ थुप्रिने फुर्सद कहाँ हुन्छ । हामी के खाेजिरहेका छाैँ र के गरिरहेका छाैँँ – के यसरी सम्पन्नता प्राप्त हुन्छ ? ” युवाहरु अनुत्पादक कार्यमा जम्मा भै समय वर्वाद गर्दा आर्थिक उन्नति नहुने प्रति सँकेत गर्दै भने ” विगतमा हामीले समय के र कहा खर्च गर्यैँ त्यसैमा सम्पन्नताकाे लागि याेगदान हुने बताए ।\

प्रमुख अतिथिका रुपमा उपस्थित पाण्डेले भने ” देश धेरै अप्ठ्यारो अवस्थामा पुगेकाे छ ।” देश बनाउन चाहिने पूँजी , श्रम र सीपसँगै अध्ययनकाे नाममा यस बर्ष मात्रै खबाैँ रकम विदेशीएकाे भन्दै याे शुभ सँकेत नभएकाे उनले भने ।

आफ्नाे पार्टीमा समेत नेताहरुकाे वाेलि र व्यवहार फरक परेकाेले साेचेजस्ताे परिणाम नआएकाे भन्दै पाण्डेले देशमा राजनैनिक सँकट समेत देखिनथालेकाे उल्लेख गरे । देश विकास सिधा विधि र विचारबाट मात्रै सम्भव नहुने हुनाले भिन्न बिचार र पार्टीसँग समेत सहकार्य आवस्यक रहेकाे उनले बताए ।

मिसन ८४ सफल पार्न सर्वप्रथम एमालेले आन्तरिक एकतामा ईमानदारी हुनुपर्ने उनकाे राय थियाे । ” हजार गाली भन्दा देशलाई ५ पाँच याेजना आवस्यक र पाँच असल मान्छेको खाँचाे रहेकाे सुरेन्द्र पाण्डेले बताएका छन् ।

नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र का जिल्ता नेताहरुले समेत शुभकामना मन्तव्यमा सरिक साे सभामा एमालेका बागमती प्रदेशकाे सचिवालय टिमका साथै एमालेका केन्द्रीय नेताहरुकाे मन्चमा उपस्थिति थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0