उताबाट योगी कुनै एक आयो ।
यहाँ भाइ लड्छन् अझै मुस्कुरायो।
छ; विश्वास संकष्ट बन्दै छ एक्लो ,
अहा! पुग्छ आशा असाध्यै रमायो।१।
यहाँ खेद्न खोज्ने छ सन्तान आफ्नै ।
यहाँ लुट्न खोज्ने छ व्यापार आफ्नै ।
कता को इशारा यहाँ लड्छ भाइ ।
छ; साह्रै अनौठो सधैँ यो मलाई ।२।
हिजो द्वन्द्व गर्ने उतै लुक्न जान्थे ।
दिए; या त मागे हिजो भोज खान्थे ।
धुपौरे सबैमा बढ्यो राष्ट्रभक्ति ;
गरे व्यर्थ निन्दा सबै चाल पायो ।३।
पुगे भेट्न नेता बढ्यो लौ हतारो ।
सबै खेतला वा कतै हुन् कमारो !
त्यसैले त योगी बडो लाग्छ प्यारो ।
बनेको छ सत्ता यसैले त तारो ।४।
रहे देश हाम्रो सबै हाँस्न सक्छौँ ।
भए प्रीत हाम्रो अझै गाँस्न सक्छौँ ।
गलेझैँ छ सम्बन्ध नाता हरेक ।
ढलेझैँ छ नेपाल माटो विशेष ।५।
छ षड्यन्त्र नौलो छ संयोग केही ।
छ खडयन्त्र बेग्लो न संस्कार यही ।
गल्यो चित्त फाट्यो बढ्यो धेर शङ्का।
चल्यो द्वन्द्व आफ्नै जलेझैँ छ लङ्का ।६।
——————————–
 ३ भाद्र , २०८०
होमनाथ घिमिरे, भरतपुर , चितवन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0