२०८० श्रावण ३१ बुधबार

चितवन । २०७६मा भू – उपयोग ऐन र २०७९मा भू- उपयोग नियमावली जारी गरी सरकारले जग्गाको बर्गिकरण गरि कित्ताकाट गर्ने व्यवस्था गर्ने गरेपनि याे विधि र व्यवस्था अव्यवहारिक र अवैज्ञानिक भएकाकारण जग्गा किनबेचमा कठिनाई उत्पन्न भै काराेबार नै प्राय ठप्प थियाे । साे अप्ठ्यारोलाई सहजता दिन भन्दै हिजाेमात्रै जग्गाकाे कित्ताकाटमा पूर्ववर्ती अवस्थामा नै हुनेगरि निर्णय  गरेपछि जग्गाको काराेवारसँग सम्बन्ध राख्ने व्यक्ति तथा सँघ सँस्थाहरु हाैसिएका छन् ।

साेहि खुशियालीका विच आज ३१ गते भरतपुर स्थित मालपोत कार्यलय अगाडि सन्ध्याकालिन दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । चितवन र नवलपुरका घरजग्गा व्यवसायीहरुले आयाेजना गरेका साे खुशी कार्यक्रममा स्थानीय जग्गा व्यवसायी का साथै साेसँग सराेकार राख्ने व्यक्ति तथा सँस्थाकाे उपस्थिति रहेकाे थियाे ।

जग्गाकाे कित्ताकाट नै राेकिएपछि करिव ४ वर्ष देशभर जग्गा प्लास्टिक तथा ठुलाे स्केलका जग्गा सम्बन्धि कराेवार बन्दहुँदा एकातिर आर्थिक गतिविधि नै बन्द हुनगै धरै पक्षलाई प्रभावित पारेकाे थियाे भन्दै नारायणी घरजग्गा व्यवसायी सँघका अध्यक्ष दिनेशकुमार चुकेले भने सरकारकाे याे ऐन सम्साेधन गर्ने निर्णयकाे हामी याे पेशासँग सम्बन्ध राख्ने सबै खुशी छाैँ र निर्णयकाे स्वागत गर्दछौं । उनले भने ” अब राज्यकाे राजस्व सँकलनमा समेत उल्लेख्य सुधार देखिनेछ ।

नारायणी घरजग्गा व्यवसायी संघका उपाध्यक्ष जयराम खत्री पनि कित्ताकाँट खुलेपछि व्यापार बढ्ने आशा व्यक्त गरे । उनले भने, ‘ अहिलेसम्म व्यवसाय गर्न निकै कठिन छ । कित्ताकाँट रोकियो भनेर कतिपय ग्राहक पनि भड्किए । बैँकले पनि ऋणमा कडाइ गर्याे। व्यवसायमा कुनै चहलपहल नै भएन । अब व्यपार पक्कै बढ्छ ।’ उनले कित्ताकाँट खुलाउने निर्णयले मानिसहरुको भ्रम हटेकोले उत्साह जागेको बताउँदै श्रीखबर डट . कम. सञ्चारलाई भने “अब आर्थिक गतिविधिमा चलयमान हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0