२०८० श्रावण ९, मँगलबार

चितवन । प्रेस चाैतारी नेपाल चितवनकाे ” चाैतारी भवन ” निर्माणका लागि सहयाेग पुर्याउन पत्रकार रामबाबु सुवेदीले आर्थिक सहयाेग गर्नुभएको छ।आज नेकपा एमाले चितवनकाे पार्टी कार्यलयमा जिल्ला पार्टी अध्यक्ष सहित पत्रकारहरुकाे उपस्थितिमा आर्थिक सहयाेग गर्नुभएको हाे ।

पत्रकारिता जिन्दगीमा लामाे अनुभवी सुवेदी प्रेस चाैतारी नेपाल चितवनका सँस्थापक समेत हुनुहुन्छ । आफुले राेपेकाे चाैतारीकाे वृक्षमा दिनानुदिन फलहरु लाग्द‌ै हाँगा फैलिएकोमा मन प्रफुल्लित भएकाे बताउँदै सहयाेग हस्तान्तरणका क्रममा सँस्थापक सुवेदीले भन्नुभयो ” भएर हाेईन , देशकै पहिलाे चाैतारी भवन बन्नलागेकाेमा खुशी साट्न आर्थिक सहयाेगमा सहभागी मात्र भएकाे हुँ ।” समयले साथ दिदै जाँदा आउने दिनमा थप सहयाेग गर्नका लागि याेजना बनाईने सुवेदीले भन्नुभएको छ ।

आफ्नाे छाेरा रजत सुवेदीकाे स्मृतिमा सुवेदीले चाैतारी भवनका लागि चाैतारी चितवन अध्यक्ष सुवास पण्डितलाई २५ हजार २ सय २५ रुपैयाँ हस्तान्तरण गर्नुभएको हाे ।

सहयोग रकम बुझ्दै अध्यक्ष पण्डितले अभिभावक चितवन चाैतारीका सँस्थापक तथा हामीसबैका चाैतारी बाले सँस्थाका लागि गर्नुभएको याे आर्थिक सहयाेग प्रति सँस्थाले सधै उच्च सम्मानका साथ सम्झिरहने बताउँदै वहाँले सँस्थालाई गर्नुभएको मार्ग निर्देशनकाे सधै सम्मान गरिने बताउनुभयो ।

भरतपुर महानगरपालिका ११ काे बसनीमा बन्नलागेकाे भवन चाैतारी कै ईतिहासमा पहिलाे चाैतारीकाे आफ्नै भवन हा । साे भवन बनाउन धेरैकाे साथ र सहयाेग रहेकाे जनाईएकाे छ भने बन्दै गरेकाे साे भवनको जग्गा भने समाजसेवी जग्गा व्यबसायी केशव कार्कीले नि:शुल्क उपलव्ध गराउनुभएकाे हाे ।

Open photo

पहिलाे तला ढलान भै थप काम भैरहेकाे साे भवन तीन तला र आधाकाे बन्ने याेजनारहेकाे छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न गरिने याेजना सहित निर्माणाधीन भवन सुविधासम्पन्न हुनेछ । भवनलाई पूरागर्न भने एक कराेड पचास लाख लागत अनुमान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0