२०८० श्रावण ८ , साेमबार

दिल्ली । तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल ,अनिरुद्ध भेल , म्याथ्यु सामुएल र मेसर्स तेहेल्का र उक्त डटकमले एक सेवा निवृत्त सैनिक अधिकृत विरुद्ध गलत समाचार छापेको भन्ने विषयमा परेकाे उजुरी उपर दिल्ली उच्च अदालतले उक्त अनलाइन र ती पत्रकारलाई मानहानी भएकाे ठहरगर्दै रु. दुइ कराेड क्षेतिपुर्ति भराउन आदेश भएकाे छ ।

प्रकाशित समाचारले निवृत्त सैनिक अधिकृत एम एस अलुवालियाकाे मानहानी भएकाे ठहर अदालतले गरेकाे हाे । उनलाई सैन्य सामाग्री खरिद गर्दा भ्रष्टाचार गरेकाे भन्ने आराेप साे अनलाइनमा छापिएको विषय गलत भएकाे अदालतले जनाएको हाे।
समाचारमा सैन्य अधिकृतले प्रतिरक्षाकाे सामाग्री खरिदमा ठूलो रकम घाेटला भएकाे आराेप प्रकाशित थियाे । अनलाइनका पत्रकारले उक्त उपकरण उत्पादक कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अपरेसन गर्दा सैन्य अधिकृतले घुसमागेकाे सामग्री प्रकाशन गरेकाे थियाे ।
jaन्यायाधीश नीना वँशल कृष्णाकाे ईजलासले उक्त सामाग्री प्रशारण भ्रमपूर्ण भएकाे क्षम्यनहुने नभएकाले चरित्र हत्या हुनगएका कारण क्षतिपूर्ति भराउन आदेश भएको हाे ।
सैन्य अधिकृत माथि भने भ्रष्टाचार गरेकाे भन्ने समाचार प्रशारण भएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0