२०८० बैशाख १५, चितवन ।
आगामी दिनमा मूल पेशा पत्रकारीता नबनाई निजामती तथा अन्य सँघ सँस्थामा पूर्णकालीन काम गर्ने पत्रकारहरुकाे नविकरण नगरिने नीति लिएकाे महासँघले जनाएको छ।
पत्रकार महासँघले जारिगरेकाे शुद्धीकरण मापदण्डमा आगामी बैशाख २५ गते भित्र सबै सदस्यहरुकाे विवरण केन्द्रले सामाजिक सन्जालमा राख्ने उल्लेख छ। विवरणमा पत्रकारकाे मिडियामा भएकाे सम्लग्नता र अवधि समेत उल्लेख गरिने जनाएको छ।
अब देखि नयाँ सदस्यताका लागि इच्छुक पत्रकारले जेठकाे १० गते भित्र निवेदन दिईसक्नुपर्ने समेत उल्लेख छ। शुद्धीकरण काे मुख्य उद्देश्य भनेकै पत्रकारीता पेशा भन्दा बाहिर रहेका तथा पत्रकारीता कर्म भन्दा बाहिर रहि ६ महिना भन्दा बढि समय विदेशमा बसेका पत्रकारहरुकाे समेत सदस्यता नविकरण नगर्नुका साथै पत्रकारहरुकाे सम्लग्नता र शुरक्षाकाे विषयमा विशेष पहल गरिने रहेकाे पत्रकार महासँघले जनाएको छ।
यसै बिच पत्रकार महासँघले चितवनले केन्द्रले जारिगरेकाे शुद्धीकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा जाेडदिएकाे छ ।महासँघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले यस मापदण्डले पत्रकारको विवरण अध्यावधी गर्नुकाे साथै पत्रकारीता जगतमा गैरपत्रकारकाे प्रवेशलाई कसरी राेक्ने भन्ने विषयमा ध्यानदिएकाे जनाउनुभयाे /
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0