२०८०बैशाख १३

चितवन/भरतपुरकाे ११ नम्बर वाडमा जम्मा मत ९०८१ खस्याे। एमालेकाे भागमा जम्मा १०६६मात्रै खस्याे। यसाे त श्राेतका अनुसार एमालेका ११४८ सदस्यले हालै सँगठित सदस्यता नविकरण गरेका छन् ।हेर्दा ८२ जना सँगठित सदस्यले आफैँलाई मत दिएनन्। कि उनीहरुले रुखमा भाेट हाले कि त घण्टीमा। हजारकाे हाराहारीमा कृयाशिल सदस्य छन् भनेर धक्कु लगाउने काङ्ग्रेसकाे मत ११ वडामा ६१८मात्र खसेकाे छ।

यहाँ हेर्दा उनीहरुले पनि कि त सुर्यमा हाने कि त घण्टीमा ।आधिकारिक सदस्य यत्ति छन् नभनेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टीमा ७ हजार १सय १६ मत पायाे वाडमा। उसले आफ्नाे शुभ चिन्तककाे मात्र मत खाएन सँगठित र कृयाशील एमाले र काङ्ग्रेसकाे मत समेत खायाे।याे त एक उदाहरण मात्रै । सबैतिर यस्तै भयाे । लहर चलेकाे बेलामा खायाे त ! याे सामान्य उत्तर हाे ।

किन कार्यकर्ताले आफ्नै पार्टी अझ भनाैँ आफैँलाई मत दिएनन् – याे  जबर्जस्त प्रश्न हाे।  यिनै बिषय भित्र आगामी दिनमा पुराना पार्टीको भविष्य अडिनेवाला छ।सामान्य रुपमा खाेजी गराैँ- किन दिएनन् आफैँलाई भाेट ?

एक त रवि हिजै देखि रेडियाेमा कार्यक्रम सन्चालक थिए । उनले उठान गरेका बिषयले बजार समेत तताएकै थियाे । उनकाे बिषयकाे उठानले समाजमा अन्यायमा परेकाले न्याय पाउने अभिलाषा बाेकेकाे थियाे भने कानुनकाे सहायताले चैनकाे श्वास मस्तिका साथ फेरिरहेकाहरुलाई नुनचुक घस्ने प्रकृतिको पनि थियाे। सारमा उठाईएका विषय द्वारा उनी समाज भित्र छिर्दैथिए।

चितवनको एक हाेटलमा झुन्डिएर आत्माहत्या हुदाकाे प्रकरणमा समेत रवि लामिछाने एकखाले समाजबाट अनुमाेदित भएका थिए।  समाजकाे सेन्टिमेन्ट भित्र छिर्ने बाताबरण बनेकाे तथ्य उतिबेला नारायणी नदि तटमा उर्लिएकाे स्वस्फूर्त मानव भेलले प्रमाणित गरिसकेको देखाउँथ्याे।उतिबेला कैयन नेता र विचारले साे मानव सेन्टिमेन्ट क्याच गर्न ठेरा जमाएर बसेपनि अवसर भने रवि र उनका सहयाेगीहरुलाई मिलेकाे थियाे।

यता कम्युनिस्ट पार्टीहरु समेतमा भएकाे ध्रुवीकरण अझ एमाले र माओवादी बिच भएकाे देखावटी एकताबाट बनेकाे नेकपा धेरैका लागि भालुकाे कम्पाराे हुदैथियाे ।कसैलाई एकताको नाममा पार्टी र शत्ताकाे धुरी चढ्नुथियाे / कसैलाई थप शक्ति प्राप्त गरि माैजुदा ईवीमाथिकाे लडाइँ जित्नुथियाे।सारमा नेकपाकाे एकता शुभचिन्तक जनताका लागि ध्रुवीकरण आशा र भराेशाकाे बिम्ब थियाे भने एकतामा सामेल खेलाडीका लागि व्यक्तिको शक्तिमा बढाेत्तरी ल्याउनु र थप शक्तिशाली देखिनुथियाे।

सबै घटनाक्रमलाई जनताले डिलकाे छिडीबाट नियाल्दै थिए ।जनताले कदम कदममा नेताहरुकाे नाडी छामिरहेकाे थिए/ शत्ता र शक्तिको भूत चडिसकेका नेताहरूलाई भने याे बिषय पत्तै थिएन।ईविलाई प्रतिशाेधमा प्रकट हुँदा नेकपा फुटेकाे बिषय भने बबुरा शुभचिन्तकहरुलाई राम्ररी हेक्का थियाे। उनीहरु घटनाक्रमले पूरै सेफल्याण्डीङ नगरेसम्म हस् हजूर भैहाल्छ नि बाहेक केही भन्न नसक्ने गरि मर्माहत थिए।

माैजुदा नेता र नेतृत्वले जतिसुकै “मुतले न्यानाे ” पार्ने गफ्फा लगाए पनि फगत उनैकाे स्वर्थका कारण पार्टी मिलेकाे र फुटेकाे विषयमा बुझ्न कुनै आईतवार कुर्नुपर्ने नै थिएन। पार्टी फुटाउन र फुटेकालाई जुटाउन गरेका पानी फाेके गफ समेत जनताले मनन गरिरहेकाे थिए। उपल्लाे कान्लाका नेतालाई भने कान्लेसीरुहरुले छिकेकाे , डडेलाे लाग्दै गरेकाे पाखाबाट नदेख्ने काेहि थिएन। जसले गर्दा आफैँलाए मत दिन समेत लेवी तिरेकाे चिन्हसम्म पनि हात तेर्सिन मानेन /

पार्टीको आँगनकाे डिलमा बसेर बैरी सरह निष्टापूर्ण मतका आफन्तलाई धक्याउँदै काेठे राजनीतिकाे माध्यमबाट आर्थिक छलाङ मारिरहदा आफ्नाे निष्टाकाे साैदाबाजी भैरहेकाे छर्लङ्गै देखिन्थ्यो।  कैयन बैरागीएकाे मनले आफ्नै लेवी तिरेकाे चिन्हमा समेत हात लगेनन्।

समाज बिस्तारै गाउँबाट सहर केन्द्रित हुँदै जाँदा युवा तथा विध्धार्थीहरुमा बिदेशकाे गन्तव्य शाेख र आशमा रुपान्तरण हुँदै छ।फगत बेरोजगार बन्नका लागि लिएकाे शिक्षाले दिने केही हाेईन। फेरि जतिसुकै ठुलाे डिग्री लिएपछि स्वदेशमा कसैलाई गर्न केही मन नै छैन । मन नभए पछि बाटाे पहिल्याउने कुरै भएन ।उसले पहिल्याएका बाटाे एउटै छ – झाेला घिसार्दै एयरपोर्ट छिर्ने।

विदेशमा पनि नगरि बर्सिने कुरै भएन । जब स्वदेशमा काैडी नभाचेका युवा अर्काकाे देशमा जाेतिन थाल्दछ अनि चेतले भन्छ ” यति दु:ख स्वदेशमा गर्न पाएकाे भए ” फेरि साेच्छ ” ती फटाहा नेता र पुराना पार्टीले देश बिगारेकाले गर्दा बिदेश आउनपर्याे ” अब ती पुराना पार्टी र तिनका नेताकाे नाम पनि लिने हाेईन भन्दा भन्दै र शुन्दा सुन्दै कैयन हातहरु नयाँ र बिकल्पकाे खाेजिमा आफैंलाई भाेट दिन हात तेर्सिएन।

सन्तान पनि बिदेशीए पैसा पनि गयाे सन्तानसँगै ।सन्चाे विसन्चाेमा ताताे पानीको कस्ले देला , यी,नेता र पार्टीले देशमा गरिखाने वातावरण नबनाईदिदा सन्तान विदेशिए , दाेषी यहि पुरानो पार्टी र पुरानाे नेता नै हुन् साेच्दा साेच्दै कैयौंकाे विरक्तिएकाे मनले आफुले लेवि तिरेकाे चिन्ह सम्म हातलाई डाेर्याउन सकेन र आ- आफ्नाे पार्टीको नाम जपे ,आफ्ना नेताकाे अनुहार सम्झे, आफनै अगाडि फुर्ति साथ धक्कुलगाउने धाेकेबाजकाे अनुहार सम्झे अनि आफैँलाई मत दिनुकाे सट्टा आफैँलाई बैकल्पिक धारमा सुटुक्क उभ्याउन पुगे।

विगतका चुनावमा नेता फस्टाएकाे र मतदाता ओईलाएकाे सम्झे कतिले । कतिले आफैँले विश्वास गरेकाे नेता कार्यकर्ताले  दाम -ठामका ठाम कुम्याएकाे रँगिन समाचार सुने । सत्ता र शक्तिका लागि सम्बन्ध र पारपाचुकेकाे परिभाषा भुलेकाे नेताका अनुहार सम्झे। देश बनाउने खाका भन्दा धारेहात त सत्ताे सराप सम्झे । त्यही माथि पनि देश बनाउने कथन भन्दा मन्त्री बनाईदिने खिस्सा सम्झे । मुटुभरि बर्षाैँ गाेडमेल गरेकाे पार्टीको पाटी सम्झिएर पनि परिवर्तित समाज प्रति न्याय दिन नसक्ने आफ्नै नेताकाे भुत्तिदै गएकाे गतिहिन चाल देखे अनि आफैँले आफुलाई मन परिरहेकाे चिन्ह भन्दा नयाँ चिन्ह र नयाँ चालमा चुपचाप चल्न चाहे र आफुले आफैँलाई मत दिएनन्। आफ्नाे पाेखरी पानी पाेखरीमा परिणत गराए। नयाँ पाेखरीमा बैरागीएकाे मनलाई थुमथुम्याउदै  पुरानीदै गरेकाे पल्लाे पाेखरीमा मतदानकाे खाट्टी दूध खन्याए , केही आशा र केही निराशा बाेकेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0