२०८०बैशाख १४

काठमाडौं /विकासले मात्रै जनता खुशी नहुने तथ्य प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सचेत भएका छन्।विगतमा आफुले चितवनमा विकासका लागि ठुलै याेगदान गरेपनि जनता त्यति खुशी नभएको उनले बताए।

कान्तिपुर मिडिया ग्रुप द्वारा आयाेजित तेश्राे सँस्करणकाे कान्तिपुर ईकाेनाेमिक समिट २०२३मा बाेल्दै प्रधानमन्त्री दाहालले भने “विकासले मात्रै जनता खुशी नभएको देखिएकाेले कहाँ मिसिङ भैरहेकाे छ त्यता तिर ध्यान जानुपर्ने भएकाे छ “।चितवनमा गएको ५ वर्षमा असाधारण विकासमा आफ्नाे समेत महत्त्वपूर्ण याेगदान हुँदा पनि किन जनता खुशी छैनन् , जनताको आजकाे चाहना के हाे यसकाे अनुसन्धान हुन जरुरी छ, प्रधानमन्त्रीले भने।

हालै सम्पन्न उप निर्वाचनले पुराना पार्टी प्रति जनमत नदेखाए पछि नेता र नेतृत्व प्रति थप नैतिक दवाव परेकाे समेत देखिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0