कृष्ण खनाल बागमती प्रदेश चितवन
१५ बर्ष पहिले कपिल कट्टेलले गाेरखाबाट शिक्षक पेशाबाट निवृत्त भए पनि आफ्नाे कर्मशील जिन्दगीलाई चितवनकाे साविक पिठुवा हालकाे रत्ननगर १४ मा कृयाशिल बनाई राख्नुभयाे । कहिले उन्नत जातकाे बाख्राकाे खाेजीमा भाैतारीनुभयाे भने कहिले उन्नत जातकाे गाईकाे खाेजीमा ।
लरक्क परेकाे पाठाहरु आँगनमा त भने या मानकाे फाँचाे भएकाे गाई र सरलक्क परेका बाख्राले खाेर भरीएका हुन्थे वहाँकाे ।” कपिल सर टाठाे मात्रै हाेईन चलाख उध्धमी हुनुहुन्छ ” भन्दथे गाउँले पनि ।
कहिले डेरी समितिमा त कहिले सिचाईकाे समिति बनेर सामाजिक काममा समेत जनसेवामा लागिरहने भू. पू. शिक्षक कपिल कट्टेल भने आफ्नाे घर पछाडि रहेकाे करिव १ बिगाहा जमिनमा धान बालीकाे बिकल्पकाे खेतीकाे खाजीमा दिमाग चलाउन थाल्नुभयाे । नहरकाे छेवैकाे खेत । गज्जवकाे ३ बाली फसल ।
पेन्सने जीवन नचल्ने कुरैभएन । तै पनि वहाँ ले थप कमाई र सहज तरिकाकाे खेतीपाती काे खाजीमा चाहराख्न छाेड्नुभएन । यसै बीचमा केराखेतीकाे लहरसँगै वहाँकाे मनले पनि रैथाने खेतीकाे बिकल्पमा केरा खेतीलाई राेज्याे । २/३ फसल त राम्रै भएकाे थियाे तर अनेक राेगकाे कारण अझै बिश्वासीलाे खेती कुन हुनसक्छ भन्ने बिषयमा खाेजी गर्दैजाँदा याे खेती भेटाएकाे छु , शिक्षकबाट बदलिएको बागवानी कृषक उध्यमीकाे पाेशाकमा बागबानी तिर छिर्दै भन्नूहुन्छ कपिल सर।
कपिल सर अझै जिन्दगीलाई बदल्दै हुनुहुन्छ । अहिले वहाँ लिचि खेतीगर्ने बागवानी कृषककाे रुपमा बदलिनुभएकाे छ । ” जनजागृती लिचि फर्म” दर्ता गरेर लस्करै लिचिका बिरुवा हुर्काउनुभएकाेछ अहिले ।
भारतकाे उन्नत फर्मबाट धेरै कृषक साथी मिलेर३बर्ष पहिले विरुवन झिकाइएको हाैँ – वहाँ भन्नुहुन्छ । गएकाे बर्ष छिमेकी र ईष्टमित्रलाई चखाउने फल लाग्यो , यसपालि त राम्रै फल्लाजस्तो छ – हुर्कदाे विरुवा देखाउदै वहाँ भन्नुहुन्छ ।
थमक्क परेका लस्करै लिचिका विरुवा छन् असर नपर्ने गरि बिचबिचमा ताेरी र घाँस समेत फसल दिने तयारीमा छन् । ” लिचि खेती आम्दानीको हिसाबले पनि अरुभन्दा राम्रो र सजिलाे जस्ताे देखेर याे खेती मा हागेकाे वहाँ बताउनुहुन्छ ।
रत्ननगरकाे पिठुवामा लिचि खेती काे कृषक सँघ नै बनेकाे र करिव २० जनाकाे सकृय समूह नै बनेर सँगठित भै लिचि खेती भैरहेकाे छ । बागवानी कृषकलाई आवस्यक ज्ञान र शीपकाे भने अझै थप आवस्यकता रहेकाे र राज्यले नव उधमीहरुलाई आर्थिक सहयाेग तथा तालिमले दिक्षित गराउनुपर्ने देखिन्छ ।