Open photo

कृष्ण खनाल

२०८० कार्तिक २४ , शुक्रबार ।

कृष्ण खनाल,चितवन ।अब बढीमा दुई दिनकाे भन्दाबढी उत्पादित सामान राख्ने ठाउँ छैन ठिमुरा स्थित चितवन मिल्सकाे चिस्यान केन्द्र र गाेदाममा । सरकारी र डेरी उद्योगहरुले प्रशाेधनका लागि ल्याएका दूध प्रशाेधन गरेर पाउडर तथा वटर बनाएकाे दुग्धजन्य पदार्थलाई स – शुल्क भण्डार गरि साेही व्यवसायी सँस्थालाई फिर्ता गर्नेगरि सँचालनमा आएकाे उद्योग हाे चितवन मिल्कस् । तर अहिले साे उद्योग र गाेदाम पूरै भरिभराउ छ ।

” अब दुईदिनकाे उत्पादन भन्दा बढी भण्डारण गर्ने क्षमाता नभएकाे मिल्कस् ले जनाएको छ । उद्योगका प्रवन्ध निर्देशक दुर्गा पराजुली भन्दन् – चिस्यान केन्द्रमा चार सय ५० टनभन्दा बढी बटर भण्डारमै छ । उद्योगकाे बाहिरकाे दुई सय ५० टन क्षमताकाे चिस्यान केन्द्र र भित्रकाे ५० टनका दुईवटा चिस्यान केन्द्र पूरै भरिएर चारवटा प्यासेजमा समेत बटर राखिएको केन्द्र प्रमुख पराजुली बताउँछन् । उत्पादित साे दुग्धजन्य पदार्थलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ ।

” हामीसँग एक अर्ब भन्दा बढी रुपैयाँको दुग्धजन्य पदार्थ गाेदाममा छन् । डेरी र सहकारीलाई आफ्नाे सामान लैजान ताकेता गरेकाेगरै छाैँ तै पनि वहाँहरुले आफ्नो सामान नलैजाँदा उत्पादित सामान राख्न धैरै कठिनाई भएकाे छ ” भन्छन् प्रवन्धक पराजुली । वि सँ २०६४ सालमा स्थापना भएकाे याे उद्योग समेत भूकम्प पछि बन्द हुनपुग्याे ।

२०७५ सालबाट राज्यकाे ठूलाे साँझेदारी लगानी पछि पून: सँचालनमा आएकाे याे उद्योगकाे मुख्य उद्देश दुधकाे प्रयाप्त उत्पादनकाे समयमा किसानहरुसँग सहकारी तथा सँस्थाहरुले दूध खरीद गर्ने र बजारमा दूध र दुग्धजन्य पदार्थ सटेज हुने सिजनमा बजारकाे माग अनुसार पूर्ति गर्न दूधकाे मलिकुललाई छुट्याएर पाउडर र वटर मा छुट्याई उचित चिस्यानमा भण्डारण गर्ने रहेकाे छ ।

किसानसँग खरिद गरि दूधलाई याे अवस्थामा सँचित गरिएपनि बजारमा माग कम भएकै कारण भण्डारबाट निकाली बजार पठाउन नसकिएकाे डेरी एशाेसिएसनका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । राष्ट्रिय दुग्ध विकास बाेर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार विभिन्न भण्डारणमा गरि करिव १० अर्व भन्दाबढीका दुग्धजन्य सामाग्री माैज्दातमा रहेकाछन् ।भरखरै ठुलाे चाड दशै सकिएकाे र भाेलीबाट अर्काे ठूलाे चाड तिहार शुरुहुँदै छ । तिहार चिल्लाे परिकारकाे पर्व समेत हाे । तिहारमा परिकारका लागि चाहिनेमा ध्यू सवैभन्दा मुख्य वस्तु हाे  भने चिनी अर्का सामान हाे । चिनीको हाहाकार सवैलाई विधितै विषय हाे ।

यति ठुलाे परिमाणका घ्यू जन्य सामाग्री थन्किएर बस्दा बजार के नराम्रोसँग खस्किएको हाे या आयातित वस्तुले बजारलाई नराम्ररी प्रभाव पारेकाे हाे गम्भीर अध्ययन र अनुसन्धान हुनुुजरुरी छ । हुनत राष्ट्रिय दुग्ध विकास बाेर्डका निर्देशक यादव नेपाली दुग्धजन्य पदार्थलाई भारत , बङ्गलादेश , जापान लगाएतका देशमा निकासी गर्न पहल भैरहेको बताउँछन् । नेपालमा केही समय अगाडि पशुहरुमा लम्किस्किन जस्ता राेगकाे सँक्रमणका कारण दुग्ध उत्पादन घटेकाे तथ्यले देखाए पनि छिमेकी देश भारतबाट निर्घात रुपमा दूध भित्र्याएको तथ्य नेपालगन्ज लगाएतका स्थानबाट राज्यलाई भारतीय दूध र साेसँग सम्वन्धित उत्पादनकाे आयात राेक्न गरेकाे अनुराेध र पटकपटक दूधै पाेखेर गरिएकाे कृषक आन्दोलनबाट किसान भने।मर्कामा परेकाे देखिन्छ ।

दूध र दुधज्य पदार्थकाे उपयाेग गर्ने बानी मै सुधार नगरेसम्म यसकाे खपत भने नवढ्ने अध्ययनले देखाएको छ । समाजमा आयाेजना हुने पार्टी , भाेज भतेर , तथा आयाेजित खानपिनमा समेत अन्य पेयपदार्थकाे सट्टा दही माेही जस्ता दूधजन्य पदार्थकाे सेवन गर्ने गराउने तर्फ समेत पहलहुन जरुरी छ ।

नेपालमा उत्पादित दूधकाे मूल्य आयातित दूधकाे तुलनामा महँगो हुने गर्दछ । राज्यले दूध उत्पादन किसान देखि दूग्धजन्य उत्पादक कम्पनीलाई सहज लगानी र अनुदानमा प्रयाप्त प्राेत्साहन दिनुकाे साथै उचित प्रविधिकाे विकास नगरिने हाे भने राज्यले कृषकका माध्यमबाट देश सम्वृद्ध गराउने लक्ष त पूराहुने छैननै यश पेशामा आएका र आउनचाहने वर्गले समेत बैकल्पिक पेशा वा अवसरकाे खाेजीमा लाग्ने पक्का छ ।

( लेखक समाजशास्त्रमा स्नातकोत्तर पत्रकार हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0