२०८०श्रावण २६, शुक्रबार

चितवन। भरतपुरकाे केही क्षेत्रमा अझै पनि विद्युत सप्पाईमा अवरोध हुनेभएको छ । भरतपुर ११ बसेनी स्थित ग्रिड सवस्टेशनकाे ट्रान्सर्फमर जलेका कारण नियमित सेवामा समस्या भएकाे हाे ।

Open photo

१३२/११ केभि/२२ एम भिए पावरका दुई वटा ट्रान्सफर्मर मध्ये एउटा जलेपछि नियमिति विद्युत सेवामा समस्या आएको वितरण केन्द्रले जानकारी दिएको छ । सवस्टेसनको ट्रान्सफर्मर जलेपछि भरतपुर क्षेत्रमा केहीदिन यता पनि पटक पटक विद्युत सेवामा अनयिमित हुँदै आएको छ ।

Open photo

जलेको ट्रान्सफर्मर फेर्न भारतबाट अर्को ल्याइएको छ । सो ट्रान्सफर्मर जडान नहुँदासम्म समस्या समाधान नहुने बताईएको छ । नयाँ ट्रान्सफर्मर जडान गर्न अझै तीन/चार दिन लाग्ने कार्यालयले जानकारी दिएको छ । यस्तै, आज टाइगरचोक–सिताराम चोक– तोरीखेत कैलाश नगर क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । हुलाकी राजमार्ग क्षेत्र विस्तारको क्रममा विद्युत पोल सार्नु परेकाले सो क्षेत्रमा ९ बजेदेखि ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । भरतपुर क्षेत्रमा पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0