फागुन २३,चितवन

“ने भन्ने मुनीले पाल भन्ने गुफामा बसेर शासन गरेकाेले “नेपाल” नाम रहन गएकाे” भन्ने देखि अनेकन किम्बदन्तीसँग जाेडिएकाे नेपालकाे शासकीय सन्चालन साेझाे तवरले चलेकै छैन ।बरु किरात र लिच्छविकालका शासकीय परिपाटी व्यक्तिका तागतमा अडिए पनि पुरै असन्तुलित र विवेक शून्य रहेकाे पाईदैन।

Open photo

शाहकालीन शासनकालमा शत्ता हात पार्न वँश र कुल परम्परा भन्दा बाहिरकासँग बढि बिश्वास गर्ने र बाहिरकाले शत्ता भित्र ईबी श्रृजना गराउन सफल हुनु नै शत्तामा शक्ति परिवर्तनको मूल कारण देखिन्छ।राणाहरुले समेत दरवारसँग सिधै वारका पार पाैठाजाेरी खेलेकाे देखिदैन।बरु अनेक बहानामा दरवार छिर्ने र दरबारियाहरुकाे पारिवारिक ईन्ट्रेष्टमा खेलेर द्वन्द बढाएकै भरमा परिस्थितिकाे ग्यापकाे उपलब्धतामा खेल्दै सत्ताकाे पुरै तागत आफ्नाे कब्जामा पारेकाे देखिन्छ।

Open photo

राणाहरुमा जँगबहादुर प्रवृत्ति भनेकाे ज्यू हजुरीकै भरमा आन्तरिक द्वन्दमा खेल्ने र पुरुषार्थ कायम गर्न मै तल्लीन थियाे ।राणाको दमनकाे बिरुद्ध देखिएकाे नेपाली जनमतकाे विश्लेषणकाे आँकलन अझै सतही सावित हुँदैछ।के नेपाली जनता राणाहरुकाे दमनकाे बिरुद्धमा एक भएका हुन् कि राजालाई अन्यायमा पर्याे भनेर।बृटिस साम्राज्यकाे दबदबाले थलिएकाे भारतमा आएकाे स्वतन्त्रताको हुरीकाे प्रभाव कि आफ्नाे दाजुलाई आँखै अगाडि ठाेकिएकाे गाेलीकाे प्रतिशाेध कै कारण नै पुष्पलाल कम्युनिस्ट भएखाेज्नु त्यति सान्दर्भिकता देखिदैन।राजा त्रिभुवनले नेपाल जाेगाउन देश छाेडेका हुन् कि जीउ ज्यानको खतरा भएर दिल्ली हानिनुपर्याे वा देश र जनतालाई प्रजातन्त्र चाईएकाेले खाेज्न दिल्ली उँडे उडाईए अध्ययनकाे बिषय हुनपनि सक्छ। ७ साल पछि काे आन्दाेलनकाे साक्षी धेरैछन्।

१७साल, ३६ साल ,४६सालका आन्दोलनले बाेल्न चाहने र हैसियत भएकाहरुले मज्जैले बाेल्नसक्ने अवसरमा पुगे भने भित्र भित्रै तेराे मेराे देखि पख्लास् सम्म भन्ने अवस्थामा पुगे पनि भूईँमान्छेकाे सामाजिक आर्थिक हैसियतमा बदलाव के आयाे भन्ने बिषय महत्त्वपूर्ण भएपनि अध्ययनले स्थान भने पाएन। ४६ साल यता बामपंथीहरुमा आएकाे ध्रुवीकरण र नेपाली काङ्ग्रेसमा पसेकाे अन्तरिक बिग्रहकाे अध्ययन गर्ने हाे भने नेपालका कम्युनिस्टहरु चाहे त्याे झापा बिद्रोह हुदै माले माक्र्सवादीकाे बाटाेबाट एमालेकरण भएकाे बिषय हाेस् या मशाल, चाैम, सर्वहारावादी श्रमिक सँगठन लगाएत पाँच, छ वटा पार्टी मिलेर बनेकाे एकता केन्द्र र पछिकाे माओवादी पार्टी निर्माणकाे बिषय हाेस् यसले नेपाली कम्युनिस्टहरुकाे आन्तरिक द्वन्दलाई एकतामा बदल्न मलजल गरेकै हाे।

नेपाली काङ्ग्रेस भित्र फैलिएको देउवा प्रवृत्ति र काेईराला प्रवृत्ति बीचको आन्तरिक द्वन्द सहितको घटनाक्रमले काङ्ग्रेसलाई कमजोर बनायाे ।त्यहि अवसर छाेपेर बामपंथीमा माओवादी तेश्राे र विद्रोही शक्ति निर्माण हुने बाताबरण श्रृजना गर्याे जसकाे चाह राजतन्त्रकाे बिकल्प तर्फ देशलाई ठिङ्गाउनु रह्याे। समग्र कम्युनिस्ट चेत भित्र भएकाे सर्वहाराबादी चेतहरु साैखीन पूजीबादी समागम भित्र छिर्न दलल पूँजीपतिहरुकाे सामिप्यता र जय गानकाे प्रवृत्तिले नेपाली बाम राजनीतिलाई वर्गीय एकताकाे सट्टा व्यक्तिबादी स्वर्थमा रुपान्तरण गरायाे।जसका कारण दलभित्र पनि आफू र आफ्ना काे सँरक्षणमा तल्लीन बनायाे ।परिणाम स्वरुप पार्टी भित्र सामुहिकतामा आधारित द्वन्द भन्दा व्यक्तिबादी द्वन्द्वले घर जमाउन थाल्याे। वर्गीय चेतकाे जगमा चल्नुपर्ने माओवादीकाे जनयुद्धमा समेत आन्तरिक रुपमा एति बिग्न आन्तरिक द्वन्द्व पलायाे कि आन्तरिक रुपमै अस्तित्व माथि नै धावा बाेल्न थालियो। पार्टी भित्रकाे आन्तरिक द्वन्द्वमा फस्दै गएपछि माओवादी आन्दोलन समेत दुनियाँकाे चक्रभुमीमा यसरी फस्नपुग्याे कि प्रस्तान बिन्दु पहिल्याएकाे माओवादीले पुग्ने बिन्दु काे किटानी त परै जावस् बिचमै रुमलिन पुग्याे।

अनेक चल्तीमा चल्दै युद्धबाट शान्तिमा आएकाे माओवादी र राज्य पक्षकाे युद्धले शान्तिकाे बाटाे हिड्न युद्धकालीन परिस्थितिकाे कसरी व्यवस्थापन गर्ने भन्ने पत्तै पाएन। बर्ष दिन भित्रै टुङ्गोमा पुगि न्याय निरुपण गरिने देखावटी कसम खाएका पक्षहरुले गफ गर्ने थलाे निर्माण गरेपनि कामभने देखिने केही गरेन । सट्टामा अरवाैँ सक्याे। हुदाहुँदा अब युद्धकालिन न्यायलाई अदालतकाे बाटाेबाट न्याय खाेज्ने चाल चलिदैछ। दुनियाँलाई थाहा छ युद्धकालीन न्याय माैजुदा अदालतबाट प्राप्त हुने बिषय नै हाेईन।न त न्यायालयले युद्धकालीन न्यायकाे निरुपण गर्नसक्छ ।याे त राजनीतिक बिषय हाे। युद्धका घाउलाई जति काेट्यायाे त्यति यसले नकारात्मक असर पुर्याउँछ । सृष्टिको उत्पत्ति र विकास सँगै विश्व व्रमाण्डमा नभएकाे र कुनै युगमा भएका युद्धमा नभएकाे प्राक्टिस गरियाे नेपालमा । उईन,उईन ।

देख्दाअलगै र सबैले जितेजस्ताे देखिने तर कसैले नजितेकाे परिस्थितिमा नेपाली राजनीति भित्रकाे माओवादी द्वन्द्व ले विश्राम लिएकाे अवस्था हाे याे। राजनीतिले भने जित हासिल गरेकै हाे आखिर अहिले सबैले टेकेकाे जग त्यहि हाे भन्न लाजमान्नु पर्ने कुनै बहाना बनाउन पर्दैन। गाेरु कुटेकाे सबैले देखेकाे बिषय हाे खेतकाे जाेताई कसरी हुदैछ प्रमुख कुरा यहि हाे।समय मै द्वन्द्वकाे किनारा नलगाउदा र भित्री मनसायले किनारा लगाउन उद्धत नहुदा अब सँक्रमण कालीन न्यायले माैजुदा राजनैनिक द्वन्द्वसँग पाैठाजाेरी खेल्दैछ। कसैलाई लाग्नसक्छ याे माओवादी र प्रचण्डलाई ठेगान लगाउने उपाएकाे उचित पहिचान हुनसक्छ। कसैलाई लाग्न सक्छ तात्कालिक राज्यसत्ताका सारथीहरुलाई समेत ठिङ्ग्याउन सकिन्छ। कुरा प्रष्ट छ माैजुदा द्वन्द्वकालीन न्यायकाे निरुपणकाे रीस्ता बक्रबाटाेबाट चल्दैछ । याे त्याे बाटाेकाे हिडाई हाे जहाँबाट हिड्दा हिड्नेवाला मात्रै खस्नेछैनन् रमितामा रमाउनेहरु पनि खसाईनेछन् ।

सँक्रमणकालीन न्यायलाई फाैजदारी कानुनकाे नजरले हेरिनु द्वन्द्वलाई अझ बल्जाउनु त हुँदै हाे त्याे भन्दा बढी प्राप्त उपलब्धि प्रतिकाे बक्रदृष्टि पनि हाे। यसाे भन्दैमा सँक्रमणकालिन अवधिमा सबै छुट हुन्छन् भन्ने बुझाई न न्यायकाे ओेकालत हाे नसर्वमान्य शिद्धान्त नै । नेपालकाे सँक्रमणकालिन न्यायले न्याय देला भन्दा न्याय नपाएकाले अन्यायमा परियाे भन्नेकाे ठुलै लर्काे छ। न्याय विद्राेहीबाट मात्रै लुटिएको छ भनी बुझ्नु पनि अन्यायमा पार्न बल पुग्नु हाे। द्वन्द्वको समयचक्रावधी राज्यबाट पनि मानवको अधिकार मात्र लुटिएको छैन कि न्याय पनि मारिएको छ भन्न मुख लुकाउनु पनि अन्यायीलाई बलपुर्याउनु त हुँदै हाे न्याय मरेकाे हेर्नू पनि हाे। जब आन्दोलनले लय समात्छ र परिणामले सार्थकता पाउँछ तवआन्दाेलनका परिघटनालाई उपलब्धिले करेप्ने गर्दछ।

Open photo

०५२ देखि ६२/६३ सम्म चलेकाे आन्दोलन अझ माओवादी का शव्दमा जनयुद्धको बलले राजतन्त्रको बदलामा गणतन्त्र स्थापित हुन सहज भएकाे हाे भन्न समेत नसक्नु तर प्राप्त उपलब्धिकाे मनग्य उपभाेग गर्न लालायित हुनु र गर्नु भनेकाे जसमात्रै जिम्मालिने चालबाजी हाे।राज्य सँचालकहरुले सँक्रमणकालीन न्यायलाई किनारा लगाउनुकाे सट्टा भावि दिनका लागि प्रति रक्षा र प्रतिवादीकाे टाउकाेमा बर्षाउने हतियारकाे रुपमा ग्रहण गर्ने रुघ्न चिन्तनले समेत १० बर्षे द्वन्द्वका घाउलाई निचाेरीरहेकाे पाईन्छ।उचित समयमा किनारा नलगाईएकाे सँक्रमणकालीन न्याय का बाछिटाहरु समयकाे झाेक्कासँगै गल्ली र चाेक चाैताराेमा बहस बनेर उदाएकाछन्।

समग्रमा भन्नेहाे भने सँक्रमणकालीन न्यायलाई उचित तरिकाले ठीक समयमा छिनाेफानाे गर्न नसक्ने हाे भने प्राप्त उपलब्धि माथि धावा बाेल्ने खतरा बढिरहने त छदै छ त्याे भन्दा पनि न्याय मरेकाे देशका नामले भावि पुस्ताले सम्झिरहनु पर्नेछ किनभने नेपालमा माैजुदा द्वन्द्व अझै बाँकी छ।

( लेखक लैगिक तथा महिलावादी आन्दोलन मूल बिषयमा स्नातकोत्तर गरेका पत्रकार हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0