२०८० माघ २४, बुधबार
नयाँ सिनेटमा निर्वाचित अष्ट्रेलियाका साँसद ब्यारिस्टर वरुण घाेषले भागवत गीता छाेएर पद र गाेपनियताकाे शपथ लिएका छन् । अष्ट्रेलियाली इतिहासमै गीता हातमा लिएर सपथ खाने घाेष भारतीय मूलका हुन् ।
अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको सपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाइँ निश्चित हुनुपर्दछ कि तपाइँ अन्तिम हुनु हुन्न।’
लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1