Open photo

२०८०मङ्सिर २५ साेमबार

भरतपुर,चितवन ।भरतपुर अस्पतालमा हालै सञ्चालनमा आएकाे “बर्थिङ स्वीट्स रुम” ले प्राकृतिक रुपमै बच्चा जन्माउनका लागि आमालाई सहज हुने बाताबरण श्रृजना हुने प्रा.डा.सुनिलमणी पाेख्रेलले बताउनुभएकाे छ ।

प्रसुतीगृह पछि देशकै ठुलाे सँख्यामा प्रसुती सेवा उपलब्ध गराईरहेकाे भरतपुर अस्पतालमा आजैबाट पाँचबटा बर्थीङ स्वीट्स रुम थप गरिएपछि सबै अवस्था सामान्य रहेका आमालाई प्राकृतिक रुपमा बच्चा जन्माउनका लागि चाहिने वातावरण सहितआमालाई साे रुममा राखिने प्रसुती विभागका प्रमुख डा. पाेख्रेलले जानकारी दिनुभयाे ।

सञ्चारकर्मीसँग कुराकानीकाे क्रममा प्रा. डा. पाेख्रेलले भन्नुभयाे” सुत्केरी हुनका लागि आमाकाे शरीरबाट अक्सिटाेसिन नामकाे हर्मोन निस्कनुपर्ने हुन्छ । सुत्केरी व्यथालाई पीडा भन्दापनि अवसरकाे रुपमा आमाले ग्रहण गर्ने बाताबरण श्रृजना हुन सकेमा याे हर्मोन आफैँ र आवस्यक मात्रामा उत्पादन हुन सहज हुने गर्दछ। बाहिरबाट कुनै हर्माेन नदिईकनै सहज रुपमा शरीरले नै हर्माेन उत्पादन गराई सुत्केरी हुनसक्ने र याे नै आमाकाे लागि गर्व र सुरक्षित हुने भएकाेले याे विधिकाे प्रयाेग गरिएको हाे।”

यस कक्षमा गर्भवती महिलासँग मीड वाईफ(तालिम प्राप्त प्राविधिक) बाहेक घरका परिवार , श्रीमान् वा अन्य सदस्य समेत रहनसक्ने छन् भने घरमा जस्तै तेल लगाईदिने मसाज गरिदिने देखि सँगसँगै गफगाफ गर्ने र सान्ताेना र खुशी साट्ने व्यक्तिहरु समेत रहनसक्ने हुनाले महिलालाई प्राकृतिक रुपमै बच्चा जन्माउन सक्ने वातावरण बन्न सहजहुने स्त्रीरोग विशेषज्ञ डा. अर्चना अमात्यले बताउनुभयो । डाक्टर अमात्य भरतपुर अस्पतालमा करिव एक कराेड लागतमा साे प्राेजेक्टमा सहयाेग गरेकाे ” निक साईमन ” सँस्थाकाे प्रमुख समेत हुनुहुन्छ ।

निक साईमन नेपाल सहित विश्वका विभिन्न देशहरुमा स्वस्थ सेवामा सहयोगकाे अभियान सञ्चालन गरिरहेकै बखत इण्डाेनेसियाकाे बालीमा मृत्युु भएकाे र आफ्नाे छाेराकाे स्मृतिमा वहाँका बाबुआमाले स्वस्थ्यमा सहयाेग गर्न सँस्था निर्माण गर्नुभएको समेत डा. अमात्यले बताउनुभयो ।

सुविधायुक्त साे बर्थीङ स्वीट्स रुमकाे आजै स्वस्थ मन्त्री माेहनबहादुर बस्नेतद्वारा उद्घाटन गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0