शनिबार ६ ,श्रावण २०८०

चितवन/ ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ , चितवनका वडा अध्यक्ष रुद्रप्रसाद उप्रेतीले वडाका आर्थिक अवस्था कमजाेर भएका मध्य ६१ परिवारका नागरिककाे नि:शुल्क स्वास्थ विमा गराएर आफ्नाे प्रतिवद्धता पूरागरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण स्वस्थ विमा गर्न नसक्दा यहाँका नागरिकले बिरामी पर्दासमेत चन्दा उठाउनुपर्ने पिडाले मेराे मन छाेएकाले चुनावताका नै मैले पाउने सुविधाबाट अवस्था कमजोर भएकालाई नि:शुल्क स्वास्थ विमा गराउने प्रतिवद्धता गरेबमाेजिम सहयाेग गरेकाे अध्यक्ष उप्रेतीले बताए ।

आ व २०७९/८० मा पाएकाे आफ्नाे पारिश्रमिक वापतकाे रु २ लाख १३ हजार पाँच सयकाे चेक एक कार्यक्रमका विच विमा कम्पनीलाई हस्तान्तरण गरिएको हाे। साे कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पालिकाले १० प्रतिशत विपन्न नागरिकको नि:शुल्क स्वास्थ विमा गराउने गरेकाे बताए ।

साेहि अवसरमा बाेल्दै प्रदेश साँम्सद कृष्णप्रसाद सिलवाल र जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले वडा अध्यक्ष उप्रेतीले गर्नुभएको सकरात्मक कार्यकाे खुलेर प्रशंसा गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0