जेष्ठ ७ चितवन

” आजको शिक्षा पद्धति अवैज्ञानिक अव्यावहारिक छ । शीपमुलक समेत छैन । याे शिक्षा पद्धतिले दुई खाले समाज निर्माण गर्दछ । प्रतिस्पर्धा पनि १८ बर्षकाे लक्का जवानसँग ५ बर्षकाे बालकलाई दाैडमा प्रतिस्पर्धा गराए जस्तो । ठुला र सम्पन्न अभिभावकका बच्चा जसले सुविधा सम्पन्न प्राईभेट वाेडिङमा पढ्दछन् । उस‌ैसँग समान अँक र समयसँग विकट गाउँका विद्यार्थीलाई परिक्षामा सँगै प्रतिस्पर्धा गराएर रिजेल्ट खाेज्ने । अवैज्ञानिक प्रतिस्पर्धा । यसकाे सट्टा जनबादी क्रान्तिबाट प्राप्त जनवादी शिक्षा चाहिन्छ। ” कुरा यिनै हुन् हिजाे अखिलका नामबाट गरिने विद्यार्थी राजनीति।

अवैज्ञानिक शिक्षाकाे विरुद्ध नयाँ शिक्षाकाे खाेजिमा निस्केका कतिकाे त जनवादी क्रान्ति नै लडे।सहिद भए कति। हिजाे आफुले छाडेका बुर्जुवा शिक्षाका पानाहरु पल्टाउदै पढ्न नपाएको नमिठा रहरहरु पाेख्दैछन् कति । पढाइ बहिष्कार गरेर निस्किएकाहरु आफ्नाे पढ्ने रहर र उमेर गुमाए पनि आफ्ना लालाबालाहरुलाई नपढाई सुखैछैन। आफू जनवादी शिक्षाका लागि लडे। जनवादी शिक्षा त कस्ताे हुन्छ थाहा छैन । तर “जनवादी शिक्षाका लागि बुर्जुवा शिक्षा बहिष्कार ” भन्न लगाउनेहरु जनवादी शिक्षा बनाउने कुर्सीमा ढसमस बसेकाे भने देखेका छन्। त्याे पनि गणतन्त्र सहितकाे राज्यसत्ता समालेर। सत्ता समाल्नेका सन्तान पढ्न भनेर प्लेन चढेका समाचारहरु भने पढेका छन् ।आफू भने सन्तानलाई त्यहि बुर्जुवा भनेर छोडेकाे किताब पढाउका लागि खर्च जाेहाे गर्न खाडीकाे यात्रा तय गरेकाे अनुभव बाेकेका कति छन् । लेखा राख्नै पर्दैन।

हिजाे आफुसँगै बन्दुक बाेक्नेहरु जतिबँचे त्याे भन्दाबढि थपिएका साथीहरूकाे हाईबढाई देख्दा पिल्सनु बाहेक बाँकी नरहेकाहरुकाे जीवन कहाँनीकाे खाेजी गर्न पनि तिनै विदेशी नआई सुखै छैन। जनवादी नभए पनि धनफाला शिक्षा नीतिमा मस्किएका राज्य सत्ताले हिजाे उनले लडिदिए बापत प्राप्त अपांगताकाे काेसेलीकाे जिन्दगीलाई दुई बित्ता भनेपनि घिसार्न सपाेट हुने गरि फेरि जनही बाढ्ने भनेकाे दुईटा लाख पनि नबाँड भनेछन् । कानुन समाल्ने निकाएले ।

हुन पनि त्याे भन्दा त सबैलाई बाढ्ने भनेकाे दुई-दुई लाख जम्मा गरेर सानाे हाईडाेपावर बा बृहत् कृषिफर्म मा लगानी गरून् । उत्पादन गर्ने उद्योगमा लगानी गरुन् । कम्पनीमा काम गर्न सक्ने पिडित वा उनका सन्तानलाई गरिखाने अवसर दिउँन। सक्छाै भने नाफा पनि जनही बाँडुन् भन्ने चाहना धेरैले नकल्पिने कुरै भएन । किनकि यस्तैलाई पनि जनवादी भन्ने धाेकाे मेटेर जाने रहर हुँदाे हाे।

गज्जवकाे कुराे जनवादी गित घाेकाउँदै गणतन्त्र राज्यसत्ताकाे तरमारीरहेकाले एकपटक पनि जनवादी शिक्षा पद्धति भनेकाे के हाे र यसलाई कुन विधि र प्रकृयाबाट प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा देखाउन कै लागि भनेपनि छलफल चलाउँदैनन् किन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0