×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा

आईजीपी कार्कीमाथि लागेको आरोप र सांसद खगेन्द्र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु

गगन थापालाई आफ्नो गल्ती सच्याउन कृष्ण सिटौलाको सुझाव

एक महिना नपुग्दै चितवनमा ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण

स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?

जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

१८ अध्याय, १८ जीवन–सन्देश : श्रीमद्भगवद्गीताले देखाएको मोहदेखि मोक्षसम्मको यात्रा

पूर्व प्रहरीहरूको एकता र सेवाको संकल्प : बढैयातालमा पूर्व प्रहरी संगठनको पाँचौँ साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. बढैयातालमा शिक्षक मिलानविरुद्ध असन्तुष्टि चुलियो, तीन शिक्षक संगठनद्वारा पालिका अध्यक्षलाई ज्ञापन

  • २. स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

  • ३. बढैयातालको शिक्षक मिलान विवाद: जयकालिकाकाे माग – ‘नेपाली शिक्षकको ठाउँमा नेपाली नै चाहिन्छ

  • ४. शब्दका साधकलाई सम्मान गर्दै चितवनमा गुञ्जिँदैछ ‘पल्लव कुम्भ’

  • ५. जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

  • ६. मृग-तृष्णा – केशवराज आमेदी

  • ७. एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?

  • ८. ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो’ -गगन थापा

  • ९. ‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा

  • १०. पूर्व प्रहरीहरूको एकता र सेवाको संकल्प : बढैयातालमा पूर्व प्रहरी संगठनको पाँचौँ साधारण सभा सम्पन्न

स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

२०८३ साउन २८, बिहीबार

Advertisement

श्रीखबर | चितवन।नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेए) थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रवाहित अपूर्ण, अनुमानमा आधारित तथा अतिरञ्जित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

थपलियाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय आफ्नो स्वास्थ्य अवस्थासँग सम्बन्धित समाचार, टिप्पणी तथा सामाजिक सञ्जालमा आएका सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै स्वास्थ्यजस्तो संवेदनशील विषयमा अपूर्ण सूचना र अनुमानका आधारमा निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

उनका अनुसार श्रावण १९ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला अचानक रक्तचाप र मधुमेहमा असन्तुलन देखिएपछि स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको थियो। चिकित्सकको सल्लाहअनुसार थप परीक्षण तथा उपचारका लागि उनी करिब पाँच दिन वीर अस्पतालमा भर्ना भएर उपचाररत रहेका थिए।

उनले उपचारका क्रममा वीर अस्पतालका प्रा.डा. ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सक टोलीसहित सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले गरेको निरन्तर निगरानी, समर्पण र उपचारप्रतिको प्रतिबद्धताप्रति विशेष आभार व्यक्त गरेका छन्।

थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन, उपचारका क्रममा अस्पतालमै पुगेर हौसला प्रदान गर्न तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्ने राजनीतिक दलका नेता, सहकर्मी, कार्यकर्ता, आफन्त, शुभेच्छुक तथा विभिन्न माध्यमबाट स्वास्थ्यलाभको शुभकामना दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘अस्पतालबाट घर फर्किएपछि समेत मेरो स्वास्थ्य अवस्थाप्रति निरन्तर चासो राख्दै भेट्न आउने तथा विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैको आत्मीयता र सद्भावले थप मानसिक बल प्रदान गरेको’ उनको भनाइ छ

। यद्यपि आफ्नो स्वास्थ्यमा सुधार भइरहेको भए पनि आफू अझै पूर्ण रूपमा स्वस्थ भइनसकेको उनले स्पष्ट पारेका छन्। चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले तत्काल पूर्ववत् रूपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भई जिम्मेवारी निर्वाह गर्ने अवस्थामा नरहेको उनले बताएका छन्।

यसैबीच, आफ्नो स्वास्थ्य अवस्था तथा राजनीतिक जिम्मेवारीसँग सम्बन्धित विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचनालाई आधार बनाएर कुनै निष्कर्षमा नपुग्न उनले सबैसँग आग्रह गरेका छन्।

स्वास्थ्यलाभपछि थप ऊर्जा र प्रतिबद्धताका साथ नेकपा एमाले बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रियस्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने प्रतिबद्धतासमेत थपलियाले व्यक्त गरेका छन्।

उनको यो स्पष्टीकरण बागमती प्रदेश एमाले संसदीय दलको नेतृत्व तथा पछिल्लो राजनीतिक गतिविधिबारे विभिन्न चर्चा चलिरहेका बेला सार्वजनिक भएको हो।

थपलियाले भने तत्काल आफ्नो प्राथमिकता स्वास्थ्यलाभ रहेको स्पष्ट सन्देश दिएका छन्।

बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा
आईजीपी कार्कीमाथि लागेको आरोप र सांसद खगेन्द्र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु
गगन थापालाई आफ्नो गल्ती सच्याउन कृष्ण सिटौलाको सुझाव
एक महिना नपुग्दै चितवनमा ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण
एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?
जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

लोकप्रिय

  • १.
    बढैयातालमा शिक्षक मिलानविरुद्ध असन्तुष्टि चुलियो, तीन शिक्षक संगठनद्वारा पालिका अध्यक्षलाई ज्ञापन

  • २.
    स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

  • ३.
    बढैयातालको शिक्षक मिलान विवाद: जयकालिकाकाे माग – ‘नेपाली शिक्षकको ठाउँमा नेपाली नै चाहिन्छ

  • ४.
    शब्दका साधकलाई सम्मान गर्दै चितवनमा गुञ्जिँदैछ ‘पल्लव कुम्भ’

  • ५.
    जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

  • ६.
    मृग-तृष्णा – केशवराज आमेदी

भर्खरै

  • १.
    ‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा

  • २.
    आईजीपी कार्कीमाथि लागेको आरोप र सांसद खगेन्द्र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु

  • ३.
    गगन थापालाई आफ्नो गल्ती सच्याउन कृष्ण सिटौलाको सुझाव

  • ४.
    एक महिना नपुग्दै चितवनमा ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण

  • ५.
    स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

  • ६.
    एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?

  • ७.
    जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

  • ८.
    १८ अध्याय, १८ जीवन–सन्देश : श्रीमद्भगवद्गीताले देखाएको मोहदेखि मोक्षसम्मको यात्रा

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.