२७ श्रावण २०८३, बुधबार
Advertisement
एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको एक नेता भन्छन् ।
थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको थियो । तर गुन्डुमा यसबारे छलफल हुँदा थपलिया बेहोस् भएपछि अविश्वासको प्रस्ताव प्रक्रियामा लगिएको थिएन ।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि अविश्वासको प्रस्ताव प्रक्रियामा गएको पुष्टि गरे । ‘प्रक्रिया अगाडि बढेको बुझेको छु, थप विवरण मसँग आएको छैन,’ ढुंगेलले भने ।


