२०८३ साउन २४, आइतबार
Advertisement
नेपाली कांग्रेसका सभापति गगन थापाले ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो,’ बताएका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्दै थापाले विशेष महाधिवेशन गरिएको दाबी गर्दै कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन् ।
विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेका हौँ । चित्त नबुझेपछि अदालत जानुभएको हो । सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने । विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ थापाले भने ।
उनले आफूलाई दबाब वा धम्की दिएर पछि हटाउन नसकिने स्पष्ट पारे । ‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ । मलाई विधान थाहा छ । विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ थापाले भने ।
सभापति थापाले कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै आफूभन्दा बढी योगदान दिएका नेताहरूप्रति सम्मान रहेको बताए । ‘चार पुस्ताको पार्टी हो । मेरो उमेरभन्दा बढी योगदान दिने नेताहरू पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई सम्मान छ,’ उनले भने ।
थापाले पार्टीभित्र सबैलाई मिलाएर अघि बढाउने जिम्मेवारी सभापतिको भएकाले आफूले सोहीअनुसार काम गर्ने बताए ।


