×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

बढैयातालको शिक्षक मिलान विवाद: जयकालिकाकाे माग – ‘नेपाली शिक्षकको ठाउँमा नेपाली नै चाहिन्छ


२०८३ साउन २४, आइतबार

Advertisement

@ श्रीखबर सम्वाददाता, बर्दिया

श्रीखबर/बढैयाताल गाउँपालिकाले अघि बढाएको शिक्षक, प्रधानाध्यापक तथा दरबन्दी मिलानको विषयमा देखिएको विवाद थप चर्किँदै गएको छ।

गाउँपालिकाको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएको बढैयाताल–९, मुनालबस्तीस्थित श्री जय कालिका माध्यमिक विद्यालयका अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीले अब विषयगत शिक्षकको सुनिश्चितता नभएसम्म शिक्षक सरुवा/मिलान स्वीकार नगर्ने निर्णय गरेका छन्। विद्यालयमा शनिवार भएको बुद्धिजीवी, शिक्षक तथा अभिभावकहरूको भेलाले नेपाली विषय अध्यापन गराउँदै आएका शिक्षकलाई अन्य विद्यालयमा पठाउने हो भने उनको स्थानमा नेपाली विषयकै शिक्षक पठाउनुपर्ने स्पष्ट अडान लिएको छ।

भेलाले नेपाली विषय पढाउने शिक्षकको स्थानमा अन्य विषयका शिक्षक पठाइए आफूहरूलाई स्वीकार्य नहुने निर्णय गरेको जनाएको छ। साथै, नेपाली विषयको शिक्षकको उचित व्यवस्थापन नभएसम्म विद्यालयमा कार्यरत शिक्षकलाई अन्य विद्यालयमा जान अभिभावक पक्षबाट अनुमति नदिने चेतावनीसमेत दिइएको छ।

# सोमबारसम्म लिखित निर्णय माग-

अभिभावक भेलाले गाउँपालिकालाई आगामी सोमबारसम्म नेपाली विषयको शिक्षक पठाउने विषयमा ठोस र लिखित निर्णय गर्न आग्रह गरेको छ। सो अवधिसम्म गाउँपालिकाले लिखित रूपमा निर्णय नदिए विद्यालयका अभिभावक भेलाबाट गठन गरिएको १५ सदस्यीय कार्यसमितिले गाउँपालिकामा डेलिगेसनसहित पुगेर आफ्नो माग प्रस्तुत गर्ने निर्णय गरेको छ।

अभिभावकहरूले शिक्षा सुधारका नाममा गरिने शिक्षक व्यवस्थापनप्रति आफूहरू सकारात्मक रहेको तर सुधारको नाममा विद्यालयको आवश्यकताअनुसारका विषयगत शिक्षक हटाएर विषय नमिल्ने शिक्षक पठाउने कार्यले अपेक्षित शैक्षिक सुधार नहुने बताएका छन्।

# ‘शिक्षक मात्रै फेरबदल गरेर शिक्षा सुधार हुँदैन’-

भेलामा सहभागी अभिभावक तथा बुद्धिजीवीहरूले शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको स्वीकार गर्दै शिक्षकको मात्र फेरबदललाई शिक्षा सुधारको मुख्य आधार बनाउन नहुने धारणा राखेका छन्। उनीहरूले शिक्षकको क्षमता, विषयगत दक्षता, विद्यालयको वास्तविक आवश्यकता तथा विद्यार्थीको सिकाइ अवस्थालाई आधार बनाएर शिक्षक व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

अभिभावकहरूको धारणा अनुसार सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक सरुवा वा मिलानसँगै विद्यालयको नियमित अनुगमन पनि आवश्यक छ। विद्यालय व्यवस्थापन समिति र शिक्षकले विद्यालय सुधारका लागि के–कस्ता काम गरिरहेका छन् भन्ने विषयमा महिनामा कम्तीमा एकपटक अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था भए त्यसले शैक्षिक सुधारमा थप प्रभावकारी भूमिका खेल्न सक्ने उनीहरूको भनाइ छ।

@ यसअघि नै बढैयातालमा चर्किएको थियो शिक्षक मिलान विवाद

बढैयाताल गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्य भन्दै प्रधानाध्यापक मिलान, शिक्षक काज सरुवा र दरबन्दी मिलानको प्रक्रिया अघि बढाएपछि विवाद सुरु भएको हो। यस विषयमा स्थानीय राजनीतिक दल तथा विद्यालय पक्षले प्रक्रिया कानुनसम्मत नभएको, विद्यालयको वास्तविक आवश्यकता र विषयगत शिक्षकको अवस्थालाई पर्याप्त ध्यान नदिइएको लगायतका प्रश्न उठाउँदै आएका छन्।

यसअघि बढैयाताल गाउँपालिकाभित्र सक्रिय चार राजनीतिक दलले समेत गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै शिक्षक तथा दरबन्दी मिलान प्रक्रिया सच्याउन माग गरेका थिए। उनीहरूले विद्यालयको आवश्यकता, शिक्षकको विषयगत दक्षता तथा कानुनी प्रक्रियालाई बेवास्ता गरेर गरिएको निर्णयले विद्यालयको शैक्षिक वातावरणमा असर पार्न सक्ने बताएका थिए।

त्यसैगरी, जय कालिका माध्यमिक विद्यालयले समेत आफ्नो विद्यालयलाई आवश्यक शिक्षक नै अन्यत्र सरुवा गरी विषय नमिल्ने शिक्षक पठाइएको भन्दै गाउँपालिकाको निर्णयप्रति आपत्ति जनाउँदै आएको छ। यता गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले भने विद्यालयको शैक्षिक सुधारका लागि गरिएको निर्णयबाट पछि नहट्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

गाउँपालिकाले शिक्षक व्यवस्थापनलाई शैक्षिक सुधारसँग जोडेर अघि बढाएको बताउँदै आएको छ। अभिभावक : ‘विद्यालयको आवश्यकता हेरेर निर्णय गरियोस्’ अभिभावकहरूले संघीय, प्रदेश तथा स्थानीय सरकारले शिक्षा क्षेत्रमा सुधारका लागि गरेका प्रयासलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताएका छन्।

तर स्थानीय तहमा निर्णय कार्यान्वयन गर्दा सम्बन्धित विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर अघि बढ्नुपर्ने उनीहरूको माग छ। ‘विद्यालय सुधार गर्ने हो भने विद्यालयको वास्तविक अवस्था बुझेर, त्यहाँका शिक्षक र अभिभावकसँग छलफल गरेर निर्णय गरिनुपर्छ,’ भेलामा सहभागी अभिभावकहरूको भनाइ छ।

उनीहरूले शिक्षक मिलानलाई राजनीतिक वा व्यक्तिगत विषय नबनाई विद्यार्थीको सिकाइ, विषयगत शिक्षकको उपलब्धता, शिक्षकको क्षमता र विद्यालयको आवश्यकतालाई केन्द्रमा राखेर निर्णय गर्न गाउँपालिकासँग आग्रह गरेका छन्।

जय कालिका माविका अभिभावकहरूले आगामी सोमबारसम्म गाउँपालिकाको लिखित निर्णयको प्रतीक्षा गर्ने र माग सम्बोधन नभए १५ सदस्यीय कार्यसमितिको नेतृत्वमा गाउँपालिकामा डेलिगेसन जाने बताएका छन्।

यससँगै बढैयाताल गाउँपालिकामा केही समययता निरन्तर चर्किँदै आएको शिक्षक मिलान, दरबन्दी व्यवस्थापन र विद्यालय सुधारको विवाद अब अभिभावक तहसम्म पुगेको छ। गाउँपालिका र विद्यालय पक्षबीच संवादबाट समस्या समाधान हुन्छ वा आन्दोलनको बाटोमा अघि बढ्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.