×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

बढैयातालमा शिक्षक मिलानविरुद्ध असन्तुष्टि चुलियो, तीन शिक्षक संगठनद्वारा पालिका अध्यक्षलाई ज्ञापन

२०८३ साउन २५, साेमबार

Advertisement

@ ज्ञानेन्द्र पाेख्रेल, श्रीखबर – बर्दिया

श्रीखबर/बर्दियाको बढैयाताल गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अघि बढाएको शिक्षक सरुवा, दरबन्दी मिलान तथा प्रधानाध्यापक मिलान प्रक्रियाप्रति शिक्षक संगठनहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

गाउँपालिकाको शिक्षा समितिले कार्यदलको सुझावका आधारमा श्रावण १८ गतेदेखि शिक्षक मिलान, प्रधानाध्यापक मिलान र काज सरुवा प्रक्रिया अघि बढाएपछि त्यसप्रति असहमति जनाउँदै गाउँपालिका स्तरका शिक्षक संगठनहरूले श्रावण २५ गते गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीलाई विरोध तथा ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा प्रचलित शिक्षा ऐन, नियमावली तथा कार्यविधिको मर्मविपरीत, अपारदर्शी र पूर्वाग्रही ढंगले शिक्षक तथा प्रधानाध्यापक मिलान गरिएको आरोप लगाइएको छ। विद्यार्थी संख्या, विषयगत आवश्यकता, दरबन्दीको न्यायोचित वितरणलगायतका वस्तुगत आधार स्पष्ट नगरी सूचना र सरोकारवालासँग पर्याप्त समन्वय तथा परामर्शबिना निर्णय गरिएको भन्दै शिक्षक संगठनहरूले तत्काल पुनरावलोकन गर्न माग गरेका छन्।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संगठनका प्रतिनिधिले बुझाएको ज्ञापनपत्रमा प्रचलित कानुन र कार्यविधि मिचेर गरिएका शिक्षक तथा प्रधानाध्यापक सरुवा/मिलानका निर्णय पुनरावलोकन गर्न तथा पारदर्शी मापदण्ड बनाएर मात्रै प्रक्रिया अघि बढाउन माग गरिएको छ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ। यसअघि गाउँपालिकाको शिक्षक मिलान प्रक्रियाप्रति असहमति जनाउँदै स्थानीय सक्रिय राजनीतिक दलहरूले समेत पालिका नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाइसकेका छन्। यससँगै शिक्षक मिलानको विषयमा गाउँपालिका, शिक्षक संगठन, विद्यालय र राजनीतिक दलबीचको विवाद थप पेचिलो बन्दै गएको छ।

यता गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक हिमालय त्रिपाठीले भने शिक्षक संगठन र राजनीतिक दलबाट प्राप्त ध्यानाकर्षणलाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्।

केही विषयमा कार्यदल तथा शिक्षा समितिमा छलफल गर्ने ठाउँ रहेको र कुनै शिक्षक वास्तवमै मर्कामा परेको देखिए आवश्यकताअनुसार पछि सम्बोधन गर्न सकिने उनको भनाइ छ।

तर अध्यक्ष त्रिपाठीले हाल गरिएको निर्णय कार्यान्वयनमा लैजाने स्पष्ट पार्दै निर्णय अटेर गरी तोकिएको विद्यालयमा कामकाजमा नजाने शिक्षकलाई शिक्षा ऐनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

सोमबार, साउन २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.