चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल
२०८३ भाद्र २४
श्रीखवर/भरतपुर।चितवन उद्योग संघ/चितवन प्रदर्शनी केन्द्रको निर्माणका लागि नेपाल सरकारबाट आ.व.०८३/०८४ मा विनियोजित बजेटबाट गरिने निर्माणका सम्बन्धमा सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख तथा प्राविधिकहरुसँग प्रारम्भिक छलफल सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा चितवन उद्योग संघ÷चितवन प्रदर्शनी केन्द्रको गुरुयोजना निर्माणका प्राविधिक दि आर्किटेक प्रा.लि.का प्रबन्ध निर्देशक अनुप सिंहले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा आ.व.०८३/०८४ मा चितवन उद्योग संघ, चितवन प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माण कार्यका लागि नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत विनियोजित बजेटबाट गरिने निर्माण तथा मर्मत सम्भार सम्बन्धि कार्यका विषयमा छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, सघन शहरी तथा भवन निर्माण आयोजनाका कार्यालय प्रमुख कृष्ण कुमार महर्जन, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सघन शहरी तथा भवन निर्माण आयोजनाका ईन्जिनियरहरु दिपज्योति श्रेष्ठ, आशिष पोखरेल, सन्तोष यादव, चितवन उद्योग संघका कार्यसमिति सदस्य सुरेन्द्र कार्की, युवा उद्यमी मञ्चका निर्देशक अधिकार चालिसे, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
Advertisement


