२५ भाद्र २०८३, बिहिबार
चितवन,किसानले बजारमा ल्याउने तरकारीमा विषादी परीक्षण हुन थालेपछि किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्न पर्खन थाले का छन् ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो ।
परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा गरिएको परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम विषादी भएका उपभोग्य एक हजार १५८ नमुना छन् ।
यस्तै, १० वटा नमुना ३५ देखि ४५ प्रतिशत विषादी प्रयोग भएको पाइएको छ । यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खनुपर्ने हुन्छ । चार वटा नमुना ४५ प्रतिशतभन्दा बढी विषादी देखिएपछि बिर्सजन गरिएको उहाँले जानकारी दिनुभयो । पैँतालिस प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएका ठाउँको तरकारी बिर्सजन गरिएको हो ।
आव २०८१र८२ मा प्रयोगशालाले ९०७ तरकारीका नमुनाको परीक्षण गरिएको थियो । त्यसमा बिर्सजन गर्नुपर्ने पाँच वटा, केही दिनपछि उपभोग गर्न सकिने आठ वटा र उपभोग गर्न सकिने ८९४ वटा नमुना रहेका थिए ।
तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो ।




