×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

नागढुंगा सुरुङमार्गको उद्घाटन

माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

गाँजा विधेयक फर्कियो संसद्‌मै

जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल: सेती अस्पतालको आइसीयूमा सारिए

लोकप्रिय समाचार

  • १. पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २. बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३. प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४. भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५. गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६. जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ७. एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

  • ८. हरिशयनी एकादशीःआज तुलसीको बिरुवा सारिँदै

  • ९. बङ्गलादेशी उत्पादनले पाउने भयो चितवनको तीज एक्स्पोमा स्थान, अन्तर्राष्ट्रिय व्यापार सहकार्यका लागि सम्झौता

  • १०. मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: पोखरा–भैरहवा अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट, मिटरब्याजका फर्जी कागज अवैध, शिक्षा–स्वास्थ्य समता

रगतले लेखिएको इतिहास : बलिदान, विचलन र अधुरो परिवर्तनको दस्तावेज


२०८३ असार २९, साेमबार

Advertisement

@ कृष्ण खनाल

चितवन। इतिहास कहिल्यै केवल मिति, घटना र दस्तावेजले मात्र बन्दैन। इतिहास त्यतिबेला लेखिन्छ, जब कुनै समाजका मानिसहरूले आफ्नो सपना, विश्वास र भविष्यका लागि रगत बगाउँछन्। नेपालका राजनीतिक परिवर्तनहरूको इतिहास पनि त्यस्तै बलिदानको इतिहास हो। त्यस इतिहासमा चितवनले निर्वाह गरेको भूमिका असाधारण छ।

किसान आन्दोलनदेखि जनआन्दोलन, जनयुद्धदेखि गणतन्त्र स्थापनासम्मका प्रत्येक राजनीतिक उथलपुथलमा चितवनले आफ्ना सयौं युवालाई गुमाएको छ। यही बलिदानी इतिहासलाई दस्तावेजीकरण गर्ने उद्देश्यले तयार पारिएको “रगतले इतिहास लेख्नेहरू” पुस्तकको विमोचन तथा विमर्श कार्यक्रम भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा चितवनका करिब १०५ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मानपूर्वक आमन्त्रण गरिएको थियो। कार्यक्रमको सञ्चालन पुस्तकका सम्पादक नारायण शर्मा (विपिन)ले गरेका थिए भने अध्यक्षता बाबुराम पाण्डेले गरेका थिए।

कार्यक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखी प्रमुख अतिथि रहेका थिए। प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा (विरही), पोलिटब्युरो सदस्य चन्द्रहरि सुवेदी, दिनेश शर्मा (सागर), मित्रलाल पंगेनी, होमबहादुर खड्का (ध्रुव), भूमिस्वर कडेल, अम्बिका मुढभरी, घननाथ सापकोटा, कञ्चन खनाल, अशोक शर्मा, खड्कबहादुर कुँवर, समालोचक उदय अधिकारीलगायतले पुस्तकमाथि विचार व्यक्त गरेका थिए। तर यो कार्यक्रम केवल एउटा पुस्तक विमोचनको औपचारिक समारोह थिएन। यो राज्यले क्रमशः बिर्सँदै गएको बलिदानी इतिहासलाई फेरि सम्झाउने सामूहिक प्रयास थियो।

प्रा.डा. जगदीशचन्द्र भण्डारीले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै जनताको अपेक्षा र नेतृत्वको व्यवहारबीच बढ्दो दूरीलाई औंल्याए। उनले नेतृत्व विचलित भइरहेका बेला सहिदका आदर्शलाई पुनः स्थापित गर्न यस्ता कृतिहरू मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे। अनिल शर्मा (विरही)ले जनताको पसिना र सहिदको बलिदानबाट स्थापित नेतृत्वले नै सहिद परिवारलाई उपेक्षा गरेको यथार्थ लुकाउन नसकिने बताए।

उनले पुस्तकलाई इतिहास संरक्षणको ऐतिहासिक कोशेढुङ्गा भएको टिप्पणी गरे। चन्द्रहरि सुवेदीले आफू चितवन जिल्ला सचिव हुँदा सहिद परिवारलाई सम्मान गर्ने प्रयास गरेको स्मरण गर्दै अहिले पनि राज्यले सहिद परिवारलाई अपेक्षित सम्मान दिन नसकेको कटु यथार्थ प्रस्तुत गरे। उनले परिवर्तनको अधुरो यात्रालाई पूरा गर्ने प्रतिबद्धता दोहोर्याए। प्रमुख वक्ता हीरामणि दुःखीले सहिदहरूको सपना अझै अधुरै रहेको उल्लेख गर्दै मुक्ति र सामाजिक न्यायको यात्रालाई निरन्तर अगाडि बढाउनुपर्ने धारणा राखे। इतिहासले उठाएको असहज प्रश्न यो पुस्तकको विशेषता केवल सहिदहरूको जीवनी संकलन गर्नु मात्र होइन। यसले नेपालमा विशेषगरी नेकपा (माओवादी) ले सञ्चालन गरेको दशवर्षे जनयुद्ध, त्यसले बोकेको वर्गीय मुक्ति, समानता र सामाजिक न्यायको सपना, त्यसका लागि ज्यान अर्पण गर्ने साधारण किसान, मजदुर, विद्यार्थी र युवाहरूको योगदानलाई ऐतिहासिक सन्दर्भसहित प्रस्तुत गरेको छ। तर पुस्तक त्यतिमै सीमित छैन।

यसले अर्को कठिन प्रश्न पनि उठाएको छ—जसका लागि रगत बग्यो, त्यो परिवर्तन कहाँ पुग्यो?

जनताको मुक्तिका नाममा लडिएको युद्धपछि बनेको राज्य संरचनामा धेरै पूर्वनेता सत्ता, सुविधा र विशेषाधिकारको केन्द्रमा पुगे। तर सहिद परिवारका धेरै घरमा अझै गरिबी, अभाव, पीडा र उपेक्षाको निरन्तरता छ। यो विरोधाभासलाई पुस्तकले भावनात्मक मात्र होइन, वैचारिक रूपमा पनि उजागर गरेको देखिन्छ। रगतको मूल्य सत्ता होइन, न्याय हो क्रान्तिहरू बन्दुकले जितिए पनि तिनको सफलता अन्ततः जनताको जीवनमा आएको परिवर्तनले मापन गरिन्छ। यदि बलिदानपछि पनि असमानता, बेरोजगारी, भ्रष्टाचार, अवसरको असमान वितरण र राज्यप्रतिको अविश्वास यथावत् रहन्छ भने इतिहासले स्वाभाविक रूपमा प्रश्न सोध्न थाल्छ।

आज नयाँ पुस्ताका धेरै युवाले जनयुद्ध देखेका छैनन्। उनीहरूले सहिदहरूको नामभन्दा सामाजिक सञ्जालका ट्रेन्ड बढी चिन्छन्। यस्तो समयमा यस्ता कृतिहरूले केवल विगत सम्झाउने होइन, इतिहासलाई बहसको विषय बनाउने काम पनि गर्छन्। किनकि इतिहासको सबैभन्दा ठूलो अन्याय भनेकै बलिदानलाई बिर्सिनु हो।

चितवन : आन्दोलनको उर्वर भूमि

नेपालका अधिकांश राजनीतिक आन्दोलनमा चितवन अग्रपंक्तिमा उभिएको जिल्ला हो। पञ्चायतविरुद्धका आन्दोलन, जनआन्दोलन, जनयुद्ध, लोकतान्त्रिक आन्दोलनदेखि संघीय गणतन्त्र स्थापनासम्म चितवनले असंख्य योद्धा गुमाएको छ। तीमध्ये धेरैको नाम राष्ट्रिय इतिहासका मुख्य पानामा छैन।

यही अभावलाई पूरा गर्ने प्रयासका रूपमा “रगतले इतिहास लेख्नेहरू” पुस्तकलाई लिन सकिन्छ। यो पुस्तकले एउटा सन्देश स्पष्ट दिएको छ—इतिहास केवल विजेताले लेख्ने होइन, बलिदान दिनेहरूले पनि लेख्छन्। फरक यति हो, विजेताले कलम चलाउँछन्, सहिदहरूले आफ्नै रगतलाई मसी बनाउँछन्।

आज राजनीतिक मूल्यहरू कमजोर बन्दै गएका छन्, आदर्शभन्दा अवसरवाद हाबी भएको छ र जनतामा निराशा बढिरहेको छ, त्यस्तो समयमा “रगतले इतिहास लेख्नेहरू” केवल एउटा पुस्तक होइन, आत्मसमीक्षाको ऐना बनेर आएको छ। यसले सहिदहरूको सम्झना मात्र गर्दैन, वर्तमानलाई प्रश्न गर्छ र भविष्यलाई चेतावनी पनि दिन्छ—यदि बलिदानको मूल्य सत्ताको सिँढीमा सीमित भयो भने इतिहास फेरि अर्को पुस्ताको रगत खोज्न बाध्य हुनेछ। सहिदहरूले लेखेको इतिहास मेटिँदैन। त्यसलाई बिर्सने समाज भने आफ्नै भविष्यप्रति अन्याय गरिरहेको हुन्छ।

यो पुस्तक केवल विगतको दस्तावेज होइन, अधुरो परिवर्तन पूरा गर्न समाजलाई फेरि एकपटक आफ्नै अन्तरात्मासँग संवाद गराउने एउटा ऐतिहासिक हस्तक्षेप पनि हो।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागढुंगा सुरुङमार्गको उद्घाटन
माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा
आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?
एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श
प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन
गाँजा विधेयक फर्कियो संसद्‌मै

लोकप्रिय

  • १.
    पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २.
    बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४.
    भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५.
    गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

भर्खरै

  • १.
    नागढुंगा सुरुङमार्गको उद्घाटन

  • २.
    माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

  • ३.
    आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

  • ४.
    एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

  • ५.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ६.
    गाँजा विधेयक फर्कियो संसद्‌मै

  • ७.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ८.
    एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.